
बलिउड स्टारर सलमान खान अभिनीत फिल्म ‘किसीका भाइ किसीकी जान’ आजबाट प्रदर्शनमा आएको छ । यो फिल्मले नेपालमा समेत आक्रामक व्यापार गर्ने आँकलन गरिएको छ । एक्सन, कमेडी र ड्रामा जनरामा राखिएको यो फिल्मलाई फरदाह सामजीले निर्देशन गरेका हुन् ।
२ घण्टा २५ मिनेट अवधिको फिल्ममा सलमानका साथमा दग्गुबती वेंकटेश, पूजा हेगडे, जगपति बाबू लगायतको अभिनय छ ।
शुक्रवारबाट हलिउड फिल्म ‘ईभिल डेथ राइज’ पनि रिलिज भएको छ । ली क्रोनिनको निर्देशन रहेको यो फिल्म हरर जनरामा बनेको हो । फिल्ममा एलिसा सदरल्याण्ड, लिली सुलिवान, नेल फिशर र मोर्गन डेभिसको मुख्य भूमिका छ ।
यो शुक्रवार नयाँ नेपाली फिल्म भने रिलिजमा छैनन् ।
गत शुक्रवार रिलिज नेपाली फिल्म ‘जारी’ले आक्रामक व्यापार गरिरहेको छ । दोस्रो सातामा पनि दयाहाङ राई र मिरुना मगर स्टारर उक्त फिल्मलाई उच्च शो मिलेको छ ।