२३ असार २०८३, मंगलबार

आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ७४ पैसा

असार १४, २०८३
काठमाडौं
आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ७४ पैसा

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।     
     
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रूपैयाँ २८ पैसा र बिक्रीदर २०० रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रूपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रूपैयाँ २७ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रूपैयाँ २६ पैसा र बिक्रीदर १०६ रूपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ११६ रूपैयाँ ९९ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ १७ पैसा र बिक्रीदर २२ रूपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ १४ पैसा र बिक्रीदर ४० रूपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रूपैयाँ ५६ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५२ पैसा र बिक्रीदर चार रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रूपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १५ रूपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ र बिक्रीदर २३ रूपैयाँ १० पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ २२ पैसा र बिक्रीदर १९ रूपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रूपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रूपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रूपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रूपैयाँ ११ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।    
 

salt training

कमेन्ट गर्नुहोस्