१५ असार २०८३, सोमबार
उपनिर्वाचन अपडेट

उपनिर्वाचन : साढे १० सम्ममा चितवनमा ३०, बारामा १७ र तनहुँमा २० प्रतिशत मतदान

बैशाख १०, २०८०
उपनिर्वाचन : साढे १० सम्ममा चितवनमा ३०, बारामा १७ र तनहुँमा २० प्रतिशत मतदान

आइतवार भइरहेको उपनिर्वाचनमा चितवन- २ मा साढे १० बजेसम्म ३० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार चितवनमा सबैभन्दा बढी उत्साहका साथ मतदान भइरहेको छ ।

साढे १० बजेसम्म २५ देखि ३० प्रतिशतसम्म मतदान भएको उनले बताए ।

त्यसैगरी बारा- २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । 

'बाराको केही मतदान केन्द्रमा शुरूमा समस्या भइरहेको भनिए पनि  त्यसको सम्बोधनका लागि थप सुरक्षाकर्मीहरू परिचालन गरेर शान्तिपूर्ण मतदान जारी छ,' अर्यालले लोकान्तरसँग भने ।

तनहुँ-२ मा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्