१० असार २०८३, बुधबार

नरेश खाती र अनु चौधरीको स्वरमा ‘ढाँटेको हैन मायालु’ सार्वजनिक

बैशाख १०, २०८०
नरेश खाती र अनु चौधरीको स्वरमा ‘ढाँटेको हैन मायालु’ सार्वजनिक

गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा ‘ढाँटेको हैन मायालु’ बोलको गीत सार्वजनिक भएको छ । 

शनिवार युट्युबमा सार्वजनिक गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय छ । 

गायक खातीकै शब्द र संगीत रहेको यस प्रेमगीतलाई श्यामश्वेत रसाईलीले एरेन्ज गरेका हुन् । मौसम हिमालीले भिडियोको कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

भिडियोमा प्रिज्मा–प्रिन्सी होटल साहुनीको भूमिकामा छन् भने आकाशलाई अभिनेताकै रुपमा प्रस्तुत गरिएको छ ।

आकाशलाई लिएर प्रिज्मा–प्रिन्सीले गरेको कल्पनालाई नै भिडियोको कन्सेप्ट बनाइएको छ । 

गीतले स्रोता दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । आइतवारसम्म युट्युबमा गीतले १ लाख आसपास भ्युज पाइसकेको छ । ‘गीतलाई लिएर सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । स्रोता दर्शकहरुले दिनुभएको प्रतिक्रियालाई लिएर हामी एकदमै उत्साहित छौं’ – गीतकार, संगीतकार एवं गायक नरेश भन्छन् । 

क्रिएटिभ ह्याट्स युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईँको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्