१४ असार २०८३, आइतबार

मलिका महतले सुरु गरिन् ‘सतीदेवी’को छायांकन

बैशाख ११, २०८०
मलिका महतले सुरु गरिन् ‘सतीदेवी’को छायांकन

सामाजिक विषयमा निर्माण हुन लागेको फिल्म ‘सतीदेवी’को शुभमुहूर्त गरिएको छ । ​

सोमवार राजधानीको भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसंगै फिल्मको छायांकन पनि आज बेलुकाबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । 

रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्ममा अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहनेछ । उनको यो  लकडाउनपछिको पहिलो फिल्म हो । 

फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी लगायतको पनि शीर्ष भूमिका रहनेछ ।

फिल्मको लेखन निर्देशक सुवेदी स्वयंमले गरेका हुन् । 

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासंगको सहकार्यमा दिलासा क्रियशिनको प्रस्तुति रहेको फिल्मलाई उत्कृष्ट बनाउने निर्देशक सुवेदीको तर्क छ । श्रीदेवी, दिलाशा र सारा सुवेदी यस फिल्मको निर्माताका रुपमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्