
सानो उमेरमै साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएकी गायिका समीक्षा अधिकारी केही समयको अस्ट्रेलिया बसाइपछि नेपाल फर्किएकी छिन् ।
बिहीवार नेपाल फर्किएकी उनले निरन्तर साधना गर्दै आफू गीत संगीत क्षेत्रमै लाग्ने बताएकी छिन् ।
शुक्रवार राति उनले फेसबुकमा लेखेकी छिन् – ‘सरस्वतीलाई शिरमा राखेर मैले पाएको कलाको सम्मान गर्दै निरन्तर साधना गर्दै गीत–संगीत क्षेत्रमै लाग्नेछु । मलाई सरस्वतीको आशीर्वाद र मेरा भगवानरुपी दर्शकहरुको माया सधै मिलिरहोस् ।’
उनले नयाँ साङ्गीतिक कोसेली ‘खुशीको उचाइ’ ल्याउने तयारी गरेको समेत बताएकी छिन् ।
‘साँच्चै जिन्दगी जस्तो नजरले हेर्यो उस्तै देखिँदो रहेछ । यही गीतले भनेजस्तै जिन्दगीमा खुशीको उचाइ कोर्ने कोसिस गर्नेछु’ समीक्षाले लेखेकी छिन् ।