२३ असार २०८३, मंगलबार

प्रकाशको ‘सकम्बरी’ले पायो २ करोड भ्युज, गीत अझै ट्रेन्डिङ वानमै

बैशाख १७, २०८०
प्रकाशको ‘सकम्बरी’ले पायो २ करोड भ्युज, गीत अझै ट्रेन्डिङ वानमै

प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’ले युट्युबमा निकै लोभलाग्दो भ्युज पाइरहेको छ ।

पछिल्ला दिनमा पनि गीतको भ्युजको रफ्तार घटेको छैन । सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको गीतले अझैसम्म पनि  ट्रेन्डिङको पहिलो नम्बरमै कब्जा जमाइरहेको छ । 

एक सातामै १ करोड भ्युज पाएर छोटो समयमा करोड क्लबमा पुग्ने गीतको कीर्तिमान कायम गरेको ‘सकम्बरी’ले दुई सातामा दुई करोड भ्युज पाएको छ । 

चर्चा र विवादकाबीच गीतले आइतवार मात्रै युट्युबमा २ करोड भ्युज पार गरेको हो । 

यो गीतमा प्रकाश सपूतको शब्द, संगीत र स्वर छ । प्रकाशसँगै बर्ता गन्धर्वको पनि स्वर यस गीतमा छ । सुदिप सागरले गीतको संगीत संयोजन गरेका हुन् ।

प्रकाशकै कथा एवं निर्देशनमा तयार भिडियोमा कुशुम शर्मा प्रस्तुत छिन् । उनले आफ्नो डेब्यू म्युजिक भिडियोबाटै निकै लोभलाग्दो चर्चा र प्रशंसा कमाएकी छिन् ।

भिडियोमा कुशुमका साथमा प्रकाश स्वयंमसँगै सुनिल थापा लगायतको समेत अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्