चैत ६, २०८०
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन समितिले गरेको अनुगमनमा गत वर्षमा लिँदै आएको शुल्कमा यस वर्ष प्रत्येक कक्षामा मासिक शुल्क रु पाँच हजार वृद्धि गरेको पाइएको छ । भर्ना शुल्क, वार्षिक शुल्क, धरौटी र अन्यसमेत गर्दा पहिलो महिनामै रु एक लाख विभिन्न शीर्षकमा शुल्क लिएको पाइएको छ ।
मध्यपुरथिमि–१ लोकन्थलीमा रहेको निष्ट इङ्लिस स्कुलले यस वर्षदेखि कक्षा १ मा मासिक शुल्क रु २५ हजार असुल्यो । भर्ना शुल्क र विभिन्न शीर्षकमा लिएको शुल्क गरी सुरुमै करिब रु ७० हजार विद्यार्थीसँग उठाएको पाइयो ।
मध्यपुरथिमि–९ बोडेमा गत वर्षदेखि नगरपालिकामा दर्ता नै नगरी संस्कार गुरुकूल विद्यालय सञ्चालन गरी कक्षा ८ सम्म अध्ययन गरायो । यो विद्यालयले यो वर्ष पनि कक्षा १ मा मासिक रु १७ हजार र भर्ना र अन्य विभिन्न शीर्षकका शुल्क गरेर रु ६० हजार असुुल्यो ।
अभिभावक सङ्घसम्म पुगेका विद्यालयका यी नाम र शुल्क केही उदाहरण मात्रै हुन् । मध्यपुरथिमिभित्र सञ्चालित यस्ता कयौँ विद्यालयले मनोमानीरूपमा शुल्क उठाएर विद्यार्थी र अभिभावकलाई समस्यामा पारेपछि त्यस्ता विद्यालयलाई मध्यपुरथिमि नगरपालिकाले कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
मध्यपुरथिमि नगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयको विसं २०८० को शुल्क निर्धारण गर्न नगर शिक्षा समितिले गठन गरेको ‘संस्थागत विद्यालयको शुल्क निर्धारण सिफारिस समिति’ले शिक्षा समितिका संयोजक एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई विद्यालयका शुल्क बेथितिसहितको प्रतिवेदन बुझाएपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरकेा हुन् । नगर प्रमुख श्रेष्ठले समितिको सिफारिसअनुसार नियम बनाएर चर्को शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने बताए ।
उनले भने, “नियम कानूनको परिधिभित्र रहेर विद्यालय सञ्चालन गर्नुपर्नेमा दुईमत छैन, त्यसैले नगर शिक्षा समितिको बैठक र सिफारिस समितिले गरेको शुल्क निर्धारण कार्यान्वयन गर्छौं ।” चर्को शुल्क असुल्ने संस्थागत विद्यालय अर्गनाइजेसन प्याब्सन, एन प्याब्सनलगायत जुनसुकै निकायमा आबद्धता रहेको भए पनि उनीहरूलाई कानूनको दायरामा ल्याउने र मनोमानीलाई निरुत्साहित गरी बहुमत अभिभावक र विद्यार्थीको हितमा काम गर्ने उनको भनाइ छ ।
नगरपालिकाले शैक्षिकसत्र विसं २०८० का लागि शुल्क प्रस्ताव गर्न बारम्बार पत्राचार गर्दा पनि शुल्क प्रस्ताव नगर्ने विद्यालयलाई संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ को दफा १६ को उपदफा (१) बमोजिम प्रथम पटकका लागि रु २५ हजार जरिवाना गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनले शुल्क विवरण पनि नबुझाउने विद्यालयलाई सचेत पार्दै रु २५ हजार जरिवाना गर्ने र फेरि पनि अटेर गर्ने तथा शुल्क वृद्धि फिर्ता नगर्ने विद्यालयको दर्ता खारेजीसम्मको कारबाही गर्ने निर्णय गर्ने गरी नगरपालिका अगाडि बढ्ने उनले बताए ।
उपप्रमुख श्रेष्ठले नगर शिक्षा समितिले तोकेकोभन्दा बढी मासिक शुल्क लिएका विद्यालयले बढी लिएको रकम अभिभावकलाई फिर्ता गर्न निर्देशनसमेत दिएको बताए ।
साथै विद्यालयले विद्यार्थीबाट लिने शुल्क विद्यालय हाताभित्र सबैले हेर्न सकिने गरी सार्वजनिकरूपमा टाँस्नसमेत निर्देशन दिएको छ ।
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...