०२ असार २०८३, मंगलबार

हावाहुरी चलेपछि चंगा जस्तो गरी उड्यो विवाह समारोहको टेन्ट (भिडियो)

बैशाख २९, २०८०
हावाहुरी चलेपछि चंगा जस्तो गरी उड्यो विवाह समारोहको टेन्ट (भिडियो)

भारतको मध्य प्रदेशमा रहेको खरगोनमा विवाह समारोहको टेन्ट र मण्डप हावाहुरी चलेपछि चंगा जस्तो गरी उडेको छ । 

घटनाको भिडियो सार्वजनिक भएको छ ।

कुसुम्बिया गाउँमा दिउँसो हावाहुरी आउँदा बेस्सरी धूलो उडेको थियो । त्यसले ४५ बाई ४५ को टेन्ट र मण्डपलाई २०० फीट माथिसम्म उडाइदियो । 

हावा चलिरहँदा केही मानिसले फलामको पाइप समातेर टेन्टलाई रोक्न खोजेका थिए । तर हावाको गति देखेर मानिसहरू भागे । 

२०० फीटसम्म उडेपछि टेन्ट ११ किलोवाटको बिजुलीको लाइनमा खसेको थियो । अनि गाउँलेहरूले तत्कालै विद्युत् आपूर्ति बन्द गराए । 

यसक्रममा कसैलाई चोटपटक नलागेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्