१३ असार २०८३, शनिबार

गायिकाको परीक्षा

गायिकाको परीक्षा
तस्वीर : सामाजिक सञ्जाल

चर्चित गायिका समीक्षा अधिकारीले यसवर्ष कक्षा १२ को परीक्षा दिएकी छिन् । 

केही वर्षयता काठमाडौं बसेर साङ्गीतिक करिअरलाई अगाडि बढाइरहेकी उनी एसइइपछि पनि घर पायक पर्ने कास्कीको पोखराकै विद्यालयमा भर्ना भएकी थिइन् । उनको घर माछापुच्छ्रे गाउँपालिकामा पर्छ । 

पोखराको बाटुलेचौरमा अवस्थित विन्ध्यवासिनी मा.वि परीक्षा केन्द्रबाट उनले कक्षा १२ को  परीक्षा दिएकी हुन् । गत सातादेखि सुरु भएको परीक्षा सकेर समीक्षा यतिबेला भने काठमाडौं फर्किसकेकी छिन् ।

सानो उमेरमै सांगीतिक क्षेत्रमा लोभलाग्दो ख्याती कमाएकी समीक्षाका दर्जनौं गीत हिट छन् । 

परीक्षा दिएर निस्कदै गरेकी समीक्षा विन्ध्यवासिनी मा.वि.का विद्यार्थीसँग । तस्वीर : सामाजिक सञ्जालबाट

salt training

कमेन्ट गर्नुहोस्