×

NMB BANK
NIC ASIA

गोदावरी–बुढानीलकण्ठ र थानकोट–भक्तपुर मेट्रो रेलका बजेट व्यवस्था होस्: सांसद भट्टचन

जेठ ११, २०८०

NTC
Premier Steels

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् । 

Muktinath Bank

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद भट्टचनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मेट्रो रेलका लागि रकम छुट्ट्याउन माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका एक प्रतिष्ठित व्यवसायी समेत रहेका भट्टचनले थानकोट–चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा  काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव समेत दिए । 


Advertisment
Nabil box
Kumari

सांसद भट्टचनले सरकारले अगाडि सारेको नयाँ अवधारणालाई हावादारी भन्न नमिल्ने बताए ।

Vianet communication

उनले नेपाली झण्डाअंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुने उनको भनाइ छ ।

सांसद भट्टचनले बाग्लुङको ढोरपाटन, राराताल तथा दामोदरकुण्डामा स्तरीय होटल सञ्चालनमा ल्याउन सके पर्यटन वृद्धि हुन सक्ने बताए ।

‘ढोरपाटन एकीकृत गुरुयोजनाका लागि प्रधानमन्त्रीसमक्ष निवेदन गरेका छौं, यसलाई अगाडि बढाउन जरुरी छ,’ उनले भने ।

साथै जलाशययुक्त उत्तरगंगा आयोजनालाई अगाडि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । 

संसद्मा सम्बोधनका क्रममा सांसद भट्टचनले अन्य दुई गम्भीर विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘मुस्ताङमा खम्पा विद्रोह उठेपछि हिमाली क्षेत्रका १३ जिल्लामा हेलिकप्टर सेवा सञ्चालन नभएको अवस्था छ । नेपालीलाई नेपालमा जाँदा पनि गृह मन्त्रालय र नागरिक उड्यन प्राधिकरणको सिफारिश तथा जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आवश्यकता छ । पहाडी क्षेत्रमा हेलिकप्टर सेवा सञ्चालनका लागि सहजीकरण गर्न जरुरी छ,’ भट्टचनले भने । 

सांसद भट्टचनले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण भविष्यमा संवैधानिक संकट आउन सक्नेतर्फ पनि सचेत गराएका छन् ।

‘मैले यसअघि पनि संसदको शून्य समयमा यो कुरा बोलिसकेको छु । मिश्रित निर्वाचन प्रणालीका कारण देशमा ढिलोचाँडो संवैधानिक संकट आउने छ । अर्को निर्वाचन हुनुभन्दा केही महिनाअगाडि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ,’ भट्टचनले संसदमा भने । 

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x