×

NMB BANK
NIC ASIA

युक्रेन युद्ध

युक्रेनले बाखमुत समेत गुमाइसक्दा पनि किन प्रत्याक्रमणमा जोड दिँदैछन् बाइडन ?

जेठ १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् । 

Muktinath Bank

त्यसो त विगत केही महिनायता प्रत्याक्रमण कारवाहीको हल्ला चलिरहेको छ तर अहिलेसम्म शुरू भएको छैन । यसबारेमा पत्रकारहरूले सोध्दा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले परिस्थिति अनुकूल नबनिसकेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनका सल्लाहकार मिखाइल पोदोल्याकले इटलीको एक सञ्चारमाध्यमसँग कुरा गर्दै प्रत्याक्रमण कारवाही शुरू भइसकेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

रुसको बेलगोरोद क्षेत्रमा युक्रेनीहरूले यसै साताको आरम्भतिर गरेको छापामार आक्रमण नै उक्त प्रत्याक्रमण कारवाहीको आरम्भविन्दु भएको संकेत हुन सक्छ । त्यसबाहेक क्रेमलिनमा गरिएको ड्रोन आक्रमण, रुसका विभिन्न स्थानमा बेलायतले उपलब्ध गराएको स्टोर्म श्याडो क्रुज क्षेप्यास्त्रबाट गरिएको आक्रमण, टर्कस्ट्रीम पाइपलाइनको सुरक्षा गरिरहेको रुसी जहाजमाथि ड्रोन बोटमार्फत गरिएको आक्रमण पनि प्रत्याक्रमण कारवाहीका हिस्सा हुन सक्छन् । 

Vianet communication
Laxmi Bank

तर ती आक्रमणहरूले रुसलाई हच्काउन सकेनन् । बेलगोरोद क्षेत्रमा युक्रेनले गरेको छापामार आक्रमणमा संलग्न सबै युक्रेनीको ज्यान गएकाले बृहत्तर प्रत्याक्रमण कारवाहीको सफलतामा प्रश्न उठेको छ । 

तैपनि अमेरिकीहरूले युक्रेनलाई प्रत्याक्रमण कारवाही सफल बनाउनका लागि भरपूर सहयोग गर्ने वाचा गरेका छन् । युक्रेनको पक्षमा अन्तिमसम्म डटिरहने प्रतिबद्धता गरेका राष्ट्रपति जो बाइडनले जापानको हिरोशिमामा सम्पन्न जी७ शिखर सम्मेलनमा युक्रेनलाई ३७ करोड ५० लाख डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरे । 

एकपछि अर्को असफलता बेहोरेपछि अब बाइडन प्रशासन सफलताका लागि अन्तिम धक्का दिन सकिन्छ कि भनी लागिपरेको छ । त्यसैले लामो समयदेखि प्रतिकार गर्दै आए पनि अहिले आएर अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकू विमान समेत उपलब्ध गराउने भएको छ । 

अमेरिकाका मूलधारे सञ्चारमाध्यमहरूमा युक्रेनको प्रत्याक्रमण कारवाही क्षमतामा प्रश्न उठाउँदै विभिन्न सामग्रीहरू प्रकाशित भइरहँदा पनि बाइडन प्रशासन किन किएभलाई यसका लागि उत्प्रेरित गरिरहेको छ ? त्यस प्रश्नको उत्तर बाइडनको पुनर्निर्वाचित हुने चाहनामा भेटिन्छ । 

सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि विजय हासिल गर्न बाइडनले देखाउन सक्ने परराष्ट्रनीतिको एउटा पनि सफलता अहिलेसम्म उपलब्ध छैन । अफगानिस्तानबाट अमेरिकी सैनिकहरूको घरफिर्ती प्रक्रियामा ढंग नपुर्‍याउँदा १३ जना सैनिकको ज्यान गुमेको कलंक बाइडनले बोक्नुपरेको छ । 

त्यसपछि युक्रेनलाई मोहरा बनाएर रुसविरुद्धको छद्मयुद्ध शुरू गरेको बाइडन प्रशासनले अत्याधुकिन हातहतियार तथा सामरिक सूचना दिएको भए पनि एक वर्षभन्दा बढी समय बित्दा समेत युक्रेनलाई विजयी बनाउन सकेको छैन । अनि रुसलाई आर्थिक प्रतिबन्धमार्फत धराशायी बनाउने भनी शेखी बघारेकोमा त्यसमा पनि पूर्णरूपमा असफल भएको छ । 

त्यसैले अमेरिकी मतदाताका सामु एउटा भए पनि सफलताको दृष्टान्त प्रस्तुत गर्ने दबाब बाइडनलाई छ । नत्र अमेरिकाले युक्रेनमा खन्याएको १६५ अर्ब डलरभन्दा बढीको रकमबाट के हासिल भयो भनी बाइडनको टोलीले मतदातालाई भन्नै नसक्ने स्थिति बन्नेछ । 

त्यसमाथि विपक्षी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारका आकांक्षीहरू डोनल्ड ट्रम्प र रोन डिसान्टिसले आफू निर्वाचित भएमा युक्रेनलाई दिइरहेको सहयोग बन्द गर्ने भनिरहेका छन् । डेमोक्रेटिक पार्टीबाटै उम्मेदवार बन्न खोजेका रोबर्ट केनेडीले पनि यही धार अपनाएका छन् । 

उनीहरूको कुरालाई अमेरिकी जनताले गम्भीरताका साथ सुन्न थालेका छन् किनकि अमेरिकामै महंगीले जीवन धान्न गाह्रो परिरहेको बेलामा युक्रेनमा पैसा खन्याउनुको औचित्य अमेरिकीहरूले देखिरहेका छैनन् । 

कसैगरी युक्रेनको प्रत्याक्रमण कारवाही सफल भइहालेछ र उसले आफ्नो भूमि फिर्ता लिन सकेछ भने त्यसको श्रेय लिने बाइडन प्रशासनको दाउ हुन सक्छ । त्यस्तो अवस्था आउनु भनेको वस्तुगत रूपमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हार हुनेछ र त्यस हारले रुसमा विद्रोहको लहर ल्याउन सक्नेछ । त्यसले बाइडन प्रशासनको भूरणनीतिक अभीष्ट पूरा गर्नेछ । त्यसबाट चुनावी प्रचारमा लाभ लिनका लागि बाइडनको टोलीले कुनै कसर बाँकी राख्ने छैन ।

तर बाइडनको यो सपना पूरा हुनेमा शंका गर्ने प्रशस्त ठाउँ छ । एक वर्षभन्दा बढीको समयमा युक्रेनले खार्किभ र खर्सनमा आफ्नो केही भूभाग फिर्ता लिन सकेको भए पनि त्यसले युद्धको समग्र परिणाममा तात्त्विक असर पार्न सकेको छैन । रुसले लिएको युक्रेनको असैन्यीकरणको लक्ष्य सफल हुँदै गएको छ किनकि अहिलेसम्म युक्रेनले तीन लाख जति सैनिकहरू गुमाइसकेको बताइन्छ । 

अनि नेटोको सम्पूर्ण शक्ति लागेको भए पनि रुसको हतियार निर्माणसँग प्रतिस्पर्धा गर्न नसकेको स्थिति छ । यसलाई नेटोका महासचिव जेन्स स्टोल्टनबर्ग स्वयंले स्वीकार गरेका छन् । गत फेब्रुअरी महिनामै उनले हतियारको दौडमा रुसले कडा टक्कर दिइरहेको स्वीकार गरेका थिए । 

रुससँग हतियारमा प्रतिस्पर्धा गर्न नसकिएको, रुसको अर्थतन्त्रलाई धराशायी बनाउन नसकिएको, रुसलाई विश्व मञ्चबाट अलग्याउन नसकिएको स्थितिलाई बाइडन प्रशासन कसरी प्रस्तुत गर्ने भनी रनभुल्ल परेको छ । यसले त उल्टो यो युद्ध शुरू गर्नका लागि रुसलाई भड्काउने बाइडनको प्रयास गलत रहेको तथ्यलाई स्थापित गरेको छ । 

एकपछि अर्को असफलता बेहोरेपछि अब बाइडन प्रशासन सफलताका लागि अन्तिम धक्का दिन सकिन्छ कि भनी लागिपरेको छ । त्यसैले लामो समयदेखि प्रतिकार गर्दै आए पनि अहिले आएर अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकू विमान समेत उपलब्ध गराउने भएको छ । 

तर त्यस कदमले युद्धको दायरा फराकिलो बनाउने सम्भावना छ किनकि एफ–१६ राख्न र उडाउनका लागि युक्रेनसँग एउटा पनि गतिलो हवाई अड्डा बाँकी छैन । उसले त्यस्तो अड्डा बनाउन खोजेछ भने पनि त्यसको सुइँको रुसले पाएर क्षेप्यास्त्रमार्फत नष्ट गरिदिने सम्भावना छ । 

त्यस्तो अवस्थामा युक्रेनलाई नेटो सदस्य मुलुक रोमानिया वा पोल्यान्डले आफ्नो हवाई अड्डा दिनुपर्ने हुन सक्छ । अनि रुसको विमानप्रतिरोधी प्रणालीले गर्ने विनाश नेटो भूमिमा भइदिने सम्भावना विकसित भई युद्धको दायरा फराकिलो बन्न सक्छ । 

यसरी युद्ध चर्किएर विश्वयुद्धमा परिणत हुने खतरा मोल्नुभन्दा बरू रुससँग शान्तिवार्ताको पहल गर्न युक्रेनलाई प्रेरित गर्नु सही कदम हुने थियो । युद्ध अन्त्य गरेको आधारमा नोबेल शान्ति पुरस्कार प्राप्त गरी बाइडनलाई पुनर्निर्वाचित हुने एजेन्डा हासिल हुन सक्थ्यो । 

तर बाइडन प्रशासनमा रहेका चरम युद्धपरस्त एन्टोनी ब्लिन्केन, जेक सलिभान र भिक्टोरिया नुल्यान्ड जस्ता अधिकारीहरूले यो बाटो हिँड्नै दिँदैनन् । 

अझ अलिक नरम सोच राख्ने अधिकारीहरूलाई बाइडन प्रशासनमा टिक्न समेत मुश्किल परिरहेको संकेत पाइएको छ । 

विपक्षी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारका आकांक्षीहरू डोनल्ड ट्रम्प र रोन डिसान्टिसले आफू निर्वाचित भएमा युक्रेनलाई दिइरहेको सहयोग बन्द गर्ने भनिरहेका छन् । डेमोक्रेटिक पार्टीबाटै उम्मेदवार बन्न खोजेका रोबर्ट केनेडीले पनि यही धार अपनाएका छन् ।  

रक्षा मन्त्रालय पेन्टागनका नीतिनिर्माता कोलिन काहलले राजीनामा दिने भनी रक्षामन्त्री लोयड अस्टिनले गत साता घोषणा गरेका थिए । पोलिटिको पत्रिकाले दिएको खबरअनुसार, काहलले युक्रेनलाई एफ–१६ लडाकू विमान दिने कुराको विरोध गरेका थिए । त्यस्तो विमान उपलब्ध गराउन वर्षौं लाग्ने र करोडौं डलर खर्च हुने अनि युक्रेनीहरूलाई अहिले त्यसको आवश्यकता नरहेको तर्क काहलले गरेका थिए । 

त्यसबाहेक काहलले ताइवानमाथि चीनले सैन्य आक्रमण नगर्ने बताउँदै आएका थिए । तर चीनलाई ताइवानमाथि आक्रमण गर्नका लागि भड्काउन अमेरिकाका युद्धपरस्त अधिकारीहरूले चर्को भाष्य निर्माण गरिरहेका छन् । 

काहलसँगै उपविदेशमन्त्री वेन्डी शरम्यान पनि बाइडन प्रशासनबाट बिदा हुँदैछिन् । उनी पनि काहल जस्तै यथार्थवादी सोच राख्छिन् र युद्ध भन्दा पनि कूटनीतिमार्फत विवाद समाधान गर्नुपर्ने बताउँछिन् । यी दुवैजनाले ओबामा प्रशासनमा छँदा इरानसँगको आणविक सम्झौता गराउन महत्त्वपूर्ण योगदान गरेका थिए । 

यस्ता मध्यममार्गी अधिकारीहरू बिदा हुँदै गर्दा बाइडनले युद्धपरस्त सोच राख्ने सैन्य अधिकृतलाई सेनाको सर्वोच्च पदमा ल्याउन लागेका छन् । जोइन्ट चीफ्स अफ स्टाफको अध्यक्षमा बाइडनले जनरल चार्ल्स क्यू ब्राउन जुनियरलाई नियुक्त गरिएको घोषणा गरेका छन् । उनले जनरल मार्क मिल्लीको स्थान लिनेछन् । 

ब्राउन चीनका विरुद्ध कठोर रवैया अपनाउनुपर्ने पक्षमा छन् । चीन नै अमेरिकाको प्रधान शत्रु भएको भनी उनले विगतमा धारणा व्यक्त गरिसकेका छन् । 

यसरी बाइडन युद्धपरस्त ‘हक’ हरूबाट घेरिएर कूटनीतिको मार्गबाट च्युत हुँदै संसारलाई थप अशान्त बनाउन लागिपरेका छन् । छद्मयुद्धमा विजय प्राप्त हुने आत्मविश्वास लिएका बाइडनले त्यसैको आधारमा पुनर्निर्वाचित हुने सपना देखिरहेका छन् । 

त्यसैले युक्रेनको सीमित क्षमताका बावजूद उनी रुसविरुद्धको प्रत्याक्रमण कारवाहीका लागि उसलाई उत्प्रेरित गरिरहेका छन् । यसको अन्तिम परिणाम सुखद हुने लक्षण देखिँदैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x