
काठमाडौं, २२ भदौ — नेताहरूबीच जतिसुकै शत्रुता भएपनि उनीहरू संसारलाई देखाउनैका लागि भएपनि मज्जाले भेटघाट गर्छन् । उनीहरू आफ्नो अनुहार र बोलीले कहिलेपनि मनमा भएको कुरा बताउँदैनन् ।

तर उनीहरूको मनमा के चलिरहेको छ भन्ने कुरा शारीरिक हाउभाउ अर्थात् बढी ल्याङ्ग्वेजले बताउँछ । हुन त यी नेताहरू हाउभाउ पनि कृत्रिम बनाउन सक्छन् तर यसलाई पूरै नियन्त्रण गर्न गाह्रो हुन्छ । शारीरिक भाषाले धेरै रहस्य खोलिदिन्छ ।
अमेरिकाका शारीरिक हाउभाउविज्ञ तथा वक्ता प्याटी वूडले विभिन्न अवसरमा विश्वका नेताहरूको शारीरिक हाउभाउको विश्लेषण गरेर केही यथार्थहरू पत्ता लगाएका छन् ।
जस्तो माथिको तस्वीर नै हेर्नुस् । यो फोटो ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि लिइएको हो । उनी निवर्तमान राष्ट्रपति बाराक ओबामालाई भेट्न गएका थिए । दुवैले यो गजबको भेटघाट भनेपनि प्याटी के दाबी गर्छन् भने उनीहरूको शारीरिक हाउभाउले अर्कै कथा बताउँछ ।
प्याटीका अनुसार ओबामा थाकेका जस्ता र निराश देखिन्छन् भने ट्रम्प परीक्षणमुखी (अर्थात् एकचोटि भेटिहालौं न त भन्ने सोचका साथ) र अलिकति डराएजस्तो देखिन्छन् ।
दुवै नेताका गोडा फैलिएका छन् । यो अल्फा मेल पोजिसन हो । आफूअगाडि रहेको मानिसलाई चुनौती दिने यसमा लुकेको सन्देश हो । पहिलोचोटि औपचारिक भेटघाट गर्ने मानिस प्रायः यस्तो पोजिसनमा बस्दैनन् । यसले जिद्दी र प्रतिद्वन्द्वी भाव व्यक्त गर्छ ।
हुन त विज्ञहरूका अनुसार शारीरिक हाउभाउ शत प्रतिशत भरोसायोग्य विज्ञान होइन किनकि यसमा कुनै एउटा लक्षणका आधारमा निष्कर्ष निकाल्न सकिँदैन । धेरै कुरामा ध्यान दिएर कुनै निष्कर्ष निकालिने हो र यो एक जटिल प्रक्रिया हो । यसका बाबजुद शारीरिक हाउभाउको अध्ययनले व्यक्तिको मनोभावको बलियो संकेत चाहिँ दिन्छ ।
प्याटीले ट्रम्प र ओबामाका साथसाथै भ्लादिमिर पुटिन, एन्जेला मर्कल र क्रिस क्रिस्टीको शारीरिक हाउभाउको विश्लेषण पनि गरेका छन् ।

माथिको चित्रमा पुटिन र ट्रम्पको हाउभाउबाट अहंकार झल्किएको छ । तर उनीहरूको शिर चाहिँ तालमेलमा छ । उनीहरू कुनै कुरामा सहमत जस्तो देखिन्छन् ।

माथिका यी व्यक्ति अमेरिकाको न्यु जर्सी राज्यका गभर्नर क्रिस क्रिस्टी हुन् । उनी कुनै पनि प्रश्नको जवाफ दिनुअघि आँखा बन्द गरेर केही सोच्ने गर्छन् । तर विज्ञहरूका अनुसार उनी केही सोच्नेभन्दा पनि केही लुकाउने कोशिश गरिरहेका छन् ।

यो चित्रमा जर्मन चान्सलर एंगेला मर्कलको मुख टाइट छ । यसले उनको मनमा लुकेको डर र उनको झुटलाई इंगित गर्छ ।
एजेन्सी