२५ असार २०८३, बिहीबार

समीक्षाका तीनवटा गीत युट्युब ट्रेन्डिङमा

समीक्षाका तीनवटा गीत युट्युब ट्रेन्डिङमा

गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनवटा गीतहरू युट्युब ट्रेन्डिङमा छन् । 

एकल स्वर रहेको ‘आफ्नो आफ्नो दुःख’बोलको गीत युट्युबमा लोभलाग्दो भ्युजका साथ संगीततर्फ ट्रेन्डिङ एकमा छ । 

त्यस्तै, नरेश खाती र समीक्षाको स्वर रहेको ‘मन परेरै हो’ बुधवार बिहान युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर १२ मा छ । यसैगरी एकल स्वर रहेको ‘म चन्द्रमा हुँ’ बोलको गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर २६ मा छ । 

आफ्ना छुट्टा छुट्टै स्वादमा तीनवटा गीत ट्रेन्डिङमा आएपछि समीक्षाले फेसबुकमार्फत खुशी व्यक्त गरेकी छिन् । ‘मलाई हजुरहरूले दिनुभएको यस्तै माया र आशीर्वादले अझ धेरै उर्जा मिलेको आभास भइरहेको छ’ उनले भनेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्