
‘छुट्नलाई पो रैछ क्यारे ए सानु
तिम्रो मेरो यति धेरै माया बसेको’
गायक एवं सर्जक थानेश्वर गौतमको गीत ‘छुट्नलाई पो रैछ क्यारे’ करोड क्लबमा प्रवेश गरेको छ ।
साङ्गीतिक क्षेत्रमा फरक पहिचान बनाएका गौतमको यो गीतले युट्युबमा एक करोड प्लस भ्युज पाउन सफल भएको हो ।
सार्वजनिक भएसँगै लगातार चर्चामा रहेर गीत करोड क्लबमा पुगेको भन्दै गौतमले खुशी व्यक्त गरे । प्रेम विरहको यस गीतमा गौतम र गायिका शान्तिश्री परियारको स्वर छ । गीतका शब्द भने प्रभा बर्तौलाले कोरेकी हुन् । गौतमकै संगीत रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका थिए ।
क्लासिकल आलाप राखेर गजल शैलीमा तयार यस गीत सार्वजनिक भएसँगै धेरैले ‘नेपाली संगीतमा एउटा फरक प्रयोग’ भनेर सकारात्मक प्रतिक्रिया दिएका थिए । टिकटकलगायतका सामाजिक सञ्जालमा समेत गीत चलेको थियो । माओत्से गुरुङको निर्देशनमा तयार भिडियोमा अभिनेता पुष्प खड्का र जानु पोखरेलको अभिनय छ ।

गीत करोड क्लवमा पुगेसँगै गीतकार बर्तौला, गायक गौतमसँगै अभिनेता खड्काले खुशी साट्दै स्रोता दर्शकप्रति आभार व्यक्त गरेका छन् ।
यो भिडियोमा खिम बहादुर गुरुङले छायाँकन एवं सम्पादन छ ।
थानेश्वरको आफ्नै अफिसियल युट्युबमा गीत हेर्न सकिन्छ ।