×

NMB BANK
NIC ASIA

प्रतिभा

सुप्रिमले बाल्यकालमै कमाएको ‘ख्याति’ : ११ वर्षको उमेरमै १०० बढी गीतमा स्वर

काठमाडाैं | जेठ २०, २०८०

NTC
Premier Steels

गत वैशाखमा ११ वर्षका भए सुप्रिम मल्ल ठकुरी । कलिलो उमेरमै दर्जनौं गीतमा उनको स्वर गुञ्जिइसकेको छ ।

Muktinath Bank

‘उसले गाएका गीतहरू मैले टिपोट गर्ने गरेको छु,’ सुप्रिमका बुवा कृष्ण मल्लले भने, ‘अहिलेसम्म ठ्याक्कै १०४ वटा पुगेछ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुप्रिमले रेकर्डका लागि तय गरिसकेका बाँकी गीतहरू झण्डै डेढ दर्जन छन्, जुन अब मेसो मिलाएर गाउनुपर्नेछ । उनले गाएका लाइभ दोहोरीको संख्या पनि दर्जनौं पुगिसकेको छ ।


Advertisment
Nabil box
Kumari

चञ्चले उमेरमै ‘सेलिब्रेटी’

Vianet communication

यतिबेला सुप्रिमको चञ्चले उमेर हो । घरको न्यानो संसारभित्र लडीबुडी गर्दै रमाउने उमेर । सानो–सानो कुरामा चित्त दुखाउने अनि सानो–सानो कुरामै खुशी भइहाल्ने उमेर । परिवारका सदस्यहरूको हात समाउँदै डुल्ने उमेर । चाहेको खानेकुरा खाने, हाँस्ने अनि खेल्ने उमेर तर सानो उमेरमै सांगीतिक क्षेत्रबाट पाएको ‘नेम र फेम’ले सुप्रिमलाई फुर्सद मिले पो !

बिहान उठ्यो, केही समय पढेर स्कूल जानुपर्‍यो । स्कूलबाट फर्कियो, कहिले गीत रेकर्ड गर्न स्टुडियो पुग्नुपर्‍यो, त कहिले लाइभ दोहोरी गाउनका लागि तयार हुनुपर्‍यो । रियाजमा पनि समय दिनुपर्‍यो ।

विभिन्न मेला–महोत्सवबाट खोजी हुन्छ, मेसो मिलाएर त्यहाँ पनि पुग्नुपर्‍यो र प्रस्तुति दिनुपर्‍यो । माया गर्नेहरूसँग फोटो खिचाउनुपर्‍यो । कहिलेकाहीँ सञ्चारमाध्यममा अन्तर्वार्ता पनि दिनुपर्‍यो । यसरी प्रस्तुत हुँदा सबैतिर शान्त, ‘जेन्टलमेन’ देखिनुपर्‍यो । 

‘हप्ताको १ दिन शनिवार भए पनि बाबु घरमै आनन्दले बसोस् वा सँगै कतै घुमाउन लैजान पाइयोस् भन्ने हुन्छ,’ सुप्रिमका बुवा कृष्णले सुनाए, ‘तर शनिवार पनि फुर्सद मिलिरहेको छैन । बाबुको कामले म पनि खाली बस्न नपाएको धेरै भयो ।’

केही दिन अगाडिको एक अपराह्न स्कूलबाट फर्किएपछि सुप्रिमले थकित मुद्रामै केही समय लोकान्तरसँग कुराकानी गरे । 

उनका बुवाले रियाजको समय छोट्याएर अन्तर्वार्ताका लागि समय मिलाइदिएका थिए । ‘पढाइ कस्तो चल्दैछ ? अनि सांगीतिक यात्रा कस्तो लागिरहेको छ ?’ शुरूआतमै सुप्रिमलाई सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘पढाइ राम्रो चल्दैछ । सांगीतिक यात्रा पनि रमाइलै लागिरहेको छ ।’

सार्वजनिक परिचय पाइसकेपछि जो कोहीको व्यक्तिगत जीवन खुम्चिँदै जान्छ । सोचेअनुसार र चाहेअनुसार चल्न पाइँदैन । अझ सुप्रिमले त कलिलो उमेरमै ‘सेलिब्रेटी जीवन’ बाँचिरहेका छन् । उनलाई कत्तिको अप्ठ्यारो महसूस भएको हुँदो हो ?
 
‘यो सबै स्रोता/दर्शकहरूले मलाई गर्नुभएको माया हो,’ सुप्रिमले भने, ‘मलाई त एकदमै रमाइलो लागिरहेको छ ।’ आफ्नो सानैदेखिको रुचिको क्षेत्रमा व्यस्त हुन पाउँदा रमाइलो लागिरहेको उनको जवाफ थियो । 

आम बालबच्चाभन्दा सुप्रिमको स्वभाव केही फरक रहेछ । शान्त, सौम्य भएर प्रस्तुत हुने उनी निकै कम बोल्दा रहेछन् । अर्थात् सोधिएका प्रश्नको सिधा जवाफ दिने, चाहिनेभन्दा धेरै नबोल्ने । बुवा कृष्णले सुनाए, ‘बाबुले दुःख दिने, चकचक गर्ने, झगडा गर्ने कहिल्यै गरेन ।’

null३ वर्षको उमेरदेखि गुनगुनाउँथे

सुप्रिमका बुवा कृष्ण पहिल्यैदेखि गीत गाउने । गाउँघरतिरका कार्यक्रमदेखि स्कूलका कार्यक्रमहरूमा उनको स्वर गुञ्जिन्थ्यो । २०६३ सालतिर देउडा एल्बम नै ल्याएका थिए ।

त्यसपछि भने उनले अरु गीत गाएनन् । बरु गीतहरू लेख्ने काम निरन्तर चलिरह्यो । उनी व्यवसाय गर्दथे तर त्यसमा सोेचेजस्तो भएन ।
 
कृष्ण रोजगारीका लागि मलेसिया उडे, जतिबेला सुप्रिम भर्खरै डेढ वर्षका पुग्दै थिए । त्यसको झण्डै डेढ वर्षपछि नेपालबाट पत्नी (उर्मिला शाही) ले छोरा सुप्रिमले गीत गुनगुनाउँदै गरेको अडियो पठाउन थालिन् । छोराले तोते बोलीमा गाउँदै गरेको सुनेर कृष्ण कम्ता खुशी हुँदैन्थे ।

‘उसले त्यसबेला रेडियोमा गीत सुन्यो भने वा कसैको मोबाइलमा बज्यो भने गाउँदो रहेछ,’ कृष्णले सुनाए । 

५ वर्षको उमेरमा त सुप्रिमले स्कूलको कार्यक्रममा स्टेज चढेर गीत गाएका थिए । मलेसियाबाट फर्किएर सुप्रिमका बुवाले काठमाडौंमा दोहोरी साँझ खोले । २०७५ सालतिर सुप्रिम आमासँग काठमाडौं आए । केही समयपछि मामा हिक्मत शाहीले लेखेको देउडा गीतमा सुप्रिमले स्वर दिए । साथै भिडियोमा देखिए पनि । त्यसपछि अग्रज संगीतकार नारायण रायमाझीले ‘बिछोडको करौतीले’ बोलको गीतको चाइल्ड भर्सनमा गाउने अवसर दिए । यो गीतपछि पशुपति शर्मा, शान्तिश्री परियारसँग ‘ताराबाजी लै छोरा’ बोलको गीतमा स्वर दिने अवसर पाए, स्वर मात्र होइन, यसको भिडियोमा समेत उनले अभिनय गरे ।

ठीक यही बखत हो, बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स’मा सुप्रिम सहभागी भएका थिए । यसमा उनी सहभागी मात्रै भएनन्, शीर्ष ८ भित्र पर्न सफल भए । यहाँबाट उनको स्वरको चौतर्फी चर्चा भयो, उनी थुप्रै संगीत प्रेमीको मन–मनमा बसे ।

‘एकदमै धेरै रमाइलो अनुभव रह्यो । धेरै नयाँ साथीहरू बनाउन पाएँ । त्यहाँबाट धेरै कुराहरू सिकें,’ सुप्रिम ‘भ्वाइस किड्स’को अनुभव सुनाउँछन्, ‘पहिलो कुरा त आफूमा कन्फिडेन्ड बढ्यो । स्वरमा सुधार हुँदै गयो ।’ 

सुप्रिमको ‘मेरो बाबा सुपरम्यान’ बोलको गीतको चाइल्ड भर्सन ‘भ्वाइस किड्स’को माहोलमै सार्वजनिक भएको थियो । गीतले राम्रो चर्चा पायो ।

‘भ्वाइस किड्स’मा उनी विजेता नबने पनि गायनको अफरले पछ्याइरह्यो । एकपछि अर्को, अर्कोपछि अर्को गीतहरू गाइरहे । ‘फोटो फिरिममा’ बोलको सुपरहिट गीतको चाइल्ड भर्सनमा स्वर दिए, यो गीत पनि रुचाइयो । क्रमशः सुप्रिमले दिनमा ३ वटासम्म गीतमा स्वर दिन थाले । 

nullचाइल्ड भर्सनका लागि पहिलो रोजाइमा

सुप्रिमका ‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’, ‘फोटो फिरिममा’, ‘परान बाँकी छ’, ‘रेलको बाटो’, ‘ओए काँजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ जस्ता थुप्रै गीतहरू हिट छन् । यीमध्ये धेरै गीतहरू चाइल्ड भर्सन हुन् । फिल्म ‘प्रेम गीत ३’को शीर्ष गीत ‘हर युग होस्’ समेत सुप्रिमको स्वरको चाइल्ड भर्सनमा समेत सार्वजनिक भएको छ । यसरी हेर्दा चाइल्ड भर्सनका लागि पहिलो रोजाइका गायक बनेका छन् सुप्रिम । 

‘भर्सटायल’ सुप्रिम

सुप्रिमले सानो उमेरमै भर्सटायल बाल गायकको परिचय बनाउँदै गएका छन् । सोही कारण पनि उनी धेरै सर्जकहरूको रोजाइमा पर्ने गरेका छन् । उनले लोकदोहोरी गीत गाएका छन् । आधुनिक गीत पनि गाएका छन् । विभिन्न भाषाभाषीका गीतहरू समेत गाएका छन् ।

चलेका थुप्रै कलाकारहरूसँग सुप्रिमले सहकार्य गरिसकेका छन् । उनले एउटा गीतमा संगीत समेत भरेका छन्, जसमा राजेश पायलले स्वर दिएका छन् । 

स्रोता–दर्शकहरूको माया

सुप्रिम केही समयअघि सांगीतिक कार्यक्रमको शिलशिलामा नेपालगञ्ज पुगेका थिए । त्यहाँ दर्शकहरूको ठेलमठेल भीडभाड । उनलाई माया गर्नेहरू फोटो खिच्न मरिहत्ते गर्ने भइहाले । फोटो खिचाउन थाले । फोटो खिचाउनेहरू थपिँदै गए । भीड बढ्यो । ‘मानिसहरूको भीडमा गुम्सिएर कस्तो गाह्रो भयो,’ सुप्रिमले सुनाए, ‘धेरै मेला महोत्सवमा त्यस्तै अनुभव गरेको छु । यद्यपि त्यसमा खुशी लाग्छ । किनकि त्यो उहाँहरूले मलाई माया गरेर नै त मसँग फोटा खिचाउन आउनुभएको हो ।’

उनी मोबाइल चलाउँदैनन् । कामका लागि कुरा गर्नु परे बुवासँग गर्नुपर्छ । बुवाको मोवाइलमा सुप्रिमको बोली सुन्न चाहने धेरैको म्यासेज आउँछ । फोन आउँछ । ‘सुप्रिमसँग कुरा गराइदिनु भन्दै धेरैले फोन गर्नुहुन्छ । मिलेसम्म कुरा गराइदिने गरेको पनि छु,’ बुवा कृष्णले सुनाए ।

nullपढाइमा उत्तिकै तीक्ष्ण

सुप्रिम अहिले सामाखुसीस्थित महर्षि स्कूलमा ६ कक्षामा अध्ययनरत छन् । गीत गाउन जति सिपालु छन्, पढाइमा पनि उत्तिकै तीक्ष्ण छन् उनी । कक्षाको प्रथम विद्यार्थी सुप्रिमलाई सबैभन्दा सजिलो विषय नेपाली लाग्छ । ‘सजिलो नेपाली लागे पनि मनपर्ने विषय चाहिँ विज्ञान हो । गाह्रो गणित लाग्छ,’ उनले भने ।

‘बालबच्चाको प्रतिभा पहिचान गर्नुपर्छ’

सुप्रिमले बुवा कृष्णको शब्दमा रहेका केही गीतहरू समेत गाएका छन् । उनका बुवा भने हिजोआज गाउँदैनन् । आफूमा कुनैबखत रहेको अतृप्त गायन इच्छा उनले अहिले छोराबाट पूरा गराएका छन् ।

‘मैले पारिवारिक कारणले त्यसबेला आफ्नो रहर पूरा गर्न सकिनँ । त्यो रहर अहिले छोराले पूरा गरिदिएको छ,’ कोठाको भित्ताभरी टाँसिएका सुप्रिमले पाएका सम्मानपत्रहरू देखाउँदै बुवा कृष्ण भन्छन्, ‘यी सबै बाबुकै कमाइ हो, जुन हेर्दा गर्व महसूस हुन्छ ।’

उनी हरेक अभिभावकले बालबच्चाको प्रतिभा पहिचान गर्नुपर्ने बताउँछन् । सुप्रिमभन्दा राम्रो र प्रतिभाशाली प्रतिभा पनि छन् । अभिभावकले पहिचान गर्न नसक्दा कतिपय प्रतिभा अगाडि आउन नसकिरहेका हुन सक्छन् । ‘बालबच्चामा रहेको प्रतिभालाई चिनेर बाहिर ल्याउने कोसिस गरिदिनुपर्छ,’ उनले भने, ‘बालबच्चाको रुचिलाई अभिभावकले बुझिदिनुपर्छ, साथ दिनुपर्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x