×

Dabur
MG

थुनछेक बहस

नक्कली शरणार्थी प्रकरण: ‘सानु भण्डारीको काँधमा बन्दुक राखेर आफूखुशी छानीछानी मुद्दा लगाइयो’

मिठो खाना बनाएकै कारण प्रतिवादी कायम गरिएको जिकिर

काठमाडाैं | जेठ २४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी सानु भण्डारीलाई मुख्य योजनाकार तथा मुख्य नाइकेको रूपमा प्रस्तुत गरिएकोमा उनका कानून व्यवसायीले आपत्ति जनाएका छन् ।

yONNEX
Sagarmatha Cement

सीम कार्ड बेचेर व्यवसाय गुजारा गर्ने व्यक्तिलाई नक्कली शरणार्थी प्रकरणको मुख्य योजनाकारको रूपमा अभियोजनकर्ताले पेश गरेकोमा इजलासमा आपत्ति जनाएका हुन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

प्रतिवादी भण्डारीको तर्फबाट बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस गरेका अधिवक्ता राजन भट्टराईले आपत्ति जनाएका हुन् । ‘२४ वटा जाहेरीमा झण्डै ६१ जना जाहेरवाला पीडित भनिएकोमा ६ जनाको मात्र कागज गराइएको तथा बाँकी ६५ जनाको कागज नै नगराएको अवस्था छ,’ उनले भने, ‘जाहेर दिनेहरूमध्ये धेरै जसोको नाम, थर, वतन समेत खुलाइएको छैन । त्यसैले यो जाहेरी नै ‘मालाफाइड’ दूराशयपूर्ण छ श्रीमान् ।’


Advertisment
Kumari
Saurya island
Pardeshi

राजकुमार रेग्मीको जाहेरीमा पनि १६ जनाको जाहेरी भनिएको छ तर ४ जनासँग मात्र कागज गराइएको उनले बताए । आफ्नो पक्षको ठगी मुद्दामा कहीँकतै कुनै संलग्नता नरहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

‘ठगी मुद्दामा अनुसन्धान गरिरहेको अनुसन्धानकर्मीले २२ दिनसम्म केही पनि पत्ता लगाउन नसकेपछि ६० दिनसम्म राख्न सकिन्छ भनेर संगठित अपराधको मुद्दा ल्याइयो,’ उनले थपे, ‘ठगी मुद्दामा साधारण तारेखमा छुट्ने निश्चित भएकाले बदनियतपूर्वक ६० दिनसम्म थुन्नकै लागि संगठित अपराधको मुद्दा ल्याइएको हो ।’

बयानका क्रममा आफ्नो पक्षलाई सरकारी वकिलले सम्झाइबुझाई बयान गर्न लगाएकोमा पनि उनले आपत्ति जनाए । ‘२२ दिनसम्म बयान नगरी सरकारी वकिलले नै मेरो पक्षलाई यसमा यसो भन्नुपर्छ, त्यसमा त्यसो भन्नुपर्छ भनेर सिलसिलेवार भनेका छन्,’ उनले थपे, ‘त्यसपछि इन्द्रजीत राईदेखि टोपबहादुर रायमाझी हुँदै विभिन्न प्रतिवादीको नाम पोल्न लगाइएको हो ।’

भण्डारीलाई पक्राउ गरिसकेपछि हिरासतमा थुनामा राखिसकेपछि उनको घरमा पुगेर प्रहरीले बरामद गरेको डायरीको के प्रमाण लाग्छ त भन्ने उनको प्रश्न थियो ।

टोपबहादुर रायमाझीको छोरा सन्दीप रायमाझीको ४० लाख रुपैयाँ दिएको साविती भएकोमा उनले भने, ‘त्यो त सानु र सन्दीपबीच व्यापारिक साझेदारीको रकम लेनदेन भएको हो । दुवै जनाको संयुक्त साझेदारीमा रहेको कम्पनी बेचेपछि सन्दीपले रकम दिएको हो । २९ करोड रकममा ४० लाखको भाग लिएर टोपबहादुर जस्तो मान्छेले चित्त बुझाउने कुरा हुन्छ ?’

बालकृष्ण पन्थीको नेतृत्वमा गठित शरणार्थी कार्यदलमा विज्ञ नै नभएका पूर्व शिक्षक गणेश केसीलाई सानु भण्डारीले नै सुराकीका लागि सदस्य बनाएको विषयमा उनले भने, ‘एक त गणेश केसीलाई मेरो पक्षले चिनेकै छैन । केसीलाई त्यो कार्यदलमा नियुक्त गराउने हैसियत यदि सानु भण्डारीको हुने हो भने उनी आफैं पनि त सदस्य खान्थे होलान् नि !’

त्यत्रो ल्याकत भएको मान्छेले अरुलाई नियुक्त गर्नुको साटो फाइदा नै लिनुपर्ने भए आफैं पनि सदस्य बन्थे होलान् भन्दै उनले जिकिर गरे । त्यतिभन्दा इजलासमा पछाडिको बेञ्चमा बसेका सबै प्रतिवादीहरू जोडले खित्का छाडेर हाँसेका थिए । 

‘सानु भण्डारीले बायोमेट्रिक गरायो रे ! शब्दमा मात्र लेखेर त हुँदैन, त्यसको प्रमाण खोइ के छ ? कुन उपकरणको प्रयोग गरियो ?’ उनले प्रश्न गरे ।

वरिष्ठ अधिवक्ता चुडामणि पोखरेलले पनि सानुको पक्षमा प्रतिरक्षा गर्दै उनी निर्दोष भएको जिकिर गरेका थिए । ‘प्लेनमा चढेर जीतबहादुर, दिपक कार्की र रोशन पराजुलीले १०/१० लाखसहित ३० लाख रुपैयाँ ल्याएर यहाँ काठमाडौंको गौशालामा बुझाएको भनिएको छ,’ उनले भने, ‘१ जनाले १० लाख रुपैयाँ झोलामा बोकेर प्लेन चढी कसरी ल्याउन सक्छ ? त्यहाँ एयरपोर्टमै चेकजाँच हुँदा १० लाख रुपैयाँ बोक्नेलाई प्रहरीले पक्राउ गरिहाल्छ नि !’

गृह मन्त्रालयमा सानु भण्डारी, इन्द्रजीत राई सहितका बीच हात हालाहाल भएको भनिएको छ तर त्यहाँ हात हालाहाल हुने हो भने प्रहरीले पक्राउ गरी कुटपिट मुद्दा चलाएको खै भनी उनले प्रश्न गरे ।

उनले अर्का प्रतिवादी टंक गुरुङको पक्षमा पनि बहस गरेका थिए । ललितपुरका स्थानीय रहेका गुरुङको एउटा कृषि फर्म हुनुका साथै एउटा रेस्टुरेन्ट पनि रहेको उनले खुलाए । ‘उहाँको दुर्भाग्य के भयो भने उहाँले मीठो खाना बनाउनुहुन्छ । रेस्टुरेन्टको सञ्चालक भए पनि उहाँले आफैं खाना पकाउनुहुन्छ,’ उनले भने, ‘खाना खुवाएको कारणले मात्र उहाँलाई प्रतिवादी बनाइनु कतिको उपयुक्त हो ?’

त्यहाँ अन्य प्रतिवादीहरूको गाडी पार्क भएको, होटलमा खाना मिठो लागेर प्रतिवादीहरू आउने–जाने, मिटिङ गर्ने अवस्थामा होटल मालिकलाई पनि प्रतिवादी बनाउने हो भने आगामी दिनमा सबै होटल मालिकहरू प्रतिवादी बन्ने अवस्था आउने उनको जिकिर थियो ।

‘टंक गुरुङको न खातामा कसैले पैसा हालेको छ । न कसैलाई उनले पैसा दिएको छ । न त कुनै प्रतिवादीले यिनलाई बयानमा त्यस्तो कुरा भनेका छन्,’ उनले थपे, ‘अरुलाई त रकम नगदै दिएको भनेर प्रतिवादीहरूले बयान गरेका छन् तर टंक गुरुङको हकमा कसैले  नगद वा चेक कुनैमार्फत रकम दिएको पनि भनेका छैनन् ।’ 

गुरुङले २८ करोड लुट्न पाएको भए उनले घर बनाउन लिएको ऋण चुक्ता नगरी घर लिलाममा हुने अवस्था नहुने उनको तर्क थियो । ‘बाउ बाजेको अंशबाट पाएको घरको तला थप्नका लागि लिएको बैंकको ऋण चुक्ता गर्न नसक्दा घरजग्गा लिलामीमा छ,’ उनले थपे, ‘गुरुङको त अनुसन्धानदेखि नै इन्कारी बयान छ ।’

त्यसपछि बहस गर्न आएका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिमालले जाहेरी दरखास्तको आधारमा मात्र कसूरदार ठहर गर्न नसकिने बताएका थिए । प्रतिव्यक्ति प्रतिप्रमाण देखाउनुपर्ने दायित्व पनि अभियोजन पक्षकै हुने उनले बताए । कसैको बयानबाट टोपबहादुर रायमाझी प्रतिवादी हुने हो भने कसैको बयानकै आधारमा अजय क्रान्ति शाक्य किन प्रतिवादी भएन भनी प्रश्न गर्दै उनले थपे, ‘सरकार बाज हो, प्रतिवादी चल्ला हो भने अदालत अभिभावक हो ।’

सरकारी वकिलप्रति प्रश्न उठाउँदै उनले थपे, ‘के जाहेरवाला गजेन्द्र बुढाथोकीलाई प्रतिवादी बनाउनु पर्दैन ?’

घुस लिने मात्र अपराधी नभएर घुस दिने पनि अपराधी हो भन्ने कुरा संवैधानिक इजलासले नै भनिसकेको हुनाले यहाँ जाहेरी दिनेहरू पनि नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्नेहरू पनि प्रतिवादी हुनुपर्ने उनको जिकिर थियो ।

अर्का वरिष्ठ अधिवक्ता शालिकराम सापकोटाले फेयर ट्राइल नै नभएको बताए । आरोपको डंगुरमा प्रतिवादी बनाइएको उनको कथन थियो ।

‘सानु भण्डारी भूइँ मान्छे हुन् । नेपाली नागरिक हुन् । सिम बेच्ने मानिसलाई राष्ट्रद्रोहको मुद्दा लगाइएको छ,’ उनले इजलाससमक्ष अभियोजनकर्तालाई प्रश्न गरे, ‘उनले कीर्ते गरेको के प्रमाण पेश गरिएको छ ? उनले राष्ट्रद्रोह गरेको एक प्रमाण पेश गरिएको छ ? एउटा झिल्को प्रमाण पनि पेश गरिएको छैन ।’

प्रतिवादी सानु भण्डारीको काँधमा बन्दुक राखेर अभियोजनकर्तालाई आफूखुशी ज–जसलाई प्रतिवादी बनाउन मन लाग्यो, त्यसलाई प्रतिवादी बनाइएको उनको आरोप थियो ।

‘सानु भण्डारीको काँधमा बन्दुक राखेर आफूलाई मन लागेका मान्छेलाई मुद्दा लगाउने केहीलाई मुद्दा नलगाउने महान्यायाधिवक्ता कार्यालयको अभियान छ,’ उनले भने ।

साधारण तारेखमा नभए न्युनतम धरौट राखेर प्रतिवादी सानु भण्डारीलाई रिहा गर्नुपर्ने उनको माग थियो । 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ १८, २०८०

कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । अब रिटको सुनुवाइ ३ जना न्यायाधीशको पूर्ण इजलासमा हुनेछ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथे...

साउन २४, २०८०

विद्यालयका ५ छात्रामाथि बाल यौन दुव्र्यवहार गरेको आरोप लागेका मोरङको जहदा गाउँपालिकाको जनप्रिय आधारभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका छन् ।  मोरङ अदालतका न्यायाधीश राजेश्...

भदौ ४, २०८०

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्लाबाट सर्वोच्चसम्म आइपुग्दा १८ हजार ६ सय ८२ मुद्दामा न्याय सम्पादन गरेको बताएका छन् ।  संसदीय सुनुवाइ विशेष समितिमा सोमवार आफ्नो भाबी योजना राख्ने क्रममा...

भदौ ११, २०८०

सर्वोच्च अदालतमा आज (सोमवार)देखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि पेसी तारेख अटोमेसनको शुरूआत गर्न लागेको जानकारी दिए । अब अदालतमा मुद्दा परे...

भदौ ४, २०८०

संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको छ । समितिको सोमवार बसेको बैठकमा प्रधानन्यायाधीश पदमा सिफारिस श्रेष्ठक...

भदौ १६, २०८०

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ ।  संघीय संसद्अन्तरगतको संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो ।  &lsquo...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x