१६ असार २०८३, मंगलबार

नयाँ गीतमा प्रेमिका आनासँग देखिए सुशान्त, भिडियो छोटो समयमै ट्रेन्डिङको शीर्ष स्थानमा

असार ११, २०८०
काठमाडौं
नयाँ गीतमा प्रेमिका आनासँग देखिए सुशान्त, भिडियो छोटो समयमै ट्रेन्डिङको शीर्ष स्थानमा

गायक सुशान्त केसीको पछिल्लो गीत ‘सारंगी’ यतिबेला ‘टिनएजर्स’माझ लोकप्रिय बन्दैछ । 

उनकै रचना, संगीत र स्वर रहेको यस गीतको भिडियोमा उनी अभिनेत्री आशा शर्मासँग प्रस्तुत छन् । केही समयदेखि रिलेसनसिपमा रहेको यो जोडीको ‘केमेष्ट्रि’लाई पनि दर्शकले रुचाएका छन् । उनीहरू भिडियोमा रोमान्टिक देखिएका छन् । 

यो गीत सार्वजनिक भएको २ दिन पनि भएको छैन । यो अवधिमा सोमवार दिउँसोसम्म गीतको भिडियोलाई युट्युबमा १३ लाख ३० हजार बढी पटक हेरिएको छ । भिडियो छोटो समयमै युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । 

गौरव कुमार तामाङको निर्देशनमा उक्त गीतको भिडियो तयार भएको हो । विशेष गरी ‘टिनएजर्स’माझ लोभलाग्दो क्रेज भएका सुशान्तले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्