०१ असार २०८३, सोमबार

यसैसाता कतारमा प्रस्तुति दिँदै पल र अस्मिता

असार ११, २०८०
काठमाडौं
यसैसाता कतारमा प्रस्तुति दिँदै पल र अस्मिता

अभिनेता एवं मोडल पल शाह म्युजिक भिडियो छायाँकनदेखि देश विदेशका स्टेज कार्यक्रममा समेत व्यस्त छन् । उनै अभिनेता शाहले यसैसाता कतारमा आफ्नो प्रस्तुति दिँदैछन् । 

बकर इदको अवसरमा कतारको लुसेलमा अवस्थित वाटर फ्रन्ट होटलमा आयोजित इद धमाकामा उनले प्रस्तुति दिने भएका हुन् । 

वाटर गेट लाउन्ज एन्ड क्लबले आयोजना गरेको यो कार्यक्रम आगामी बिहीवार हुन लागेको हो । शाहसँगै नेपालबाट युवा पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारी पनि  कतार पुगेर उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएकी छिन् । 

अधिकारीका लोकदोहोरीलगायत सुगम संगीतका दर्जनौं गीत हिट छन् । 

बुधवारबाट शुरू हुने इदको सार्वजनिक बिदाको अवसर पारेर  ‘इद धमाका २०२३’ आयोजना गरिएको क्लब सञ्चालक उत्तम गुरुङले जानकारी दिएका छन् । 

बिहीवार दिउँसो ३ बजेबाट ९ बजेसम्म अभिनेता शाह र गायिका अधिकारीले आफ्नो प्रस्तुतिमा त्यहाँ रहेका नेपालीलाई झुमाउने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्