×

NMB BANK
NIC ASIA

हलमा परस्त्री

फरक जनराको परस्त्री– कस्तो छ ‘बेड सीन’का कारण चर्चा कमाएको फिल्म ?

काठमाडाैं | असार १५, २०८०

NTC
Premier Steels

नेपालमा फरक–फरक खालका फिल्म कमै बन्छन् । एउटा फिल्म चल्यो भने त्यस्तै फिल्म बनाउने होडबाजी जो चल्दै आएको छ । 

Muktinath Bank

पछिल्लो समय कमेडी फिल्मको वर्चश्व देखिएको अवस्थामा क्राइम, थ्रिलर फिल्म पनि कमै बन्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यावसायिक सफलताको सम्भावना कम हुने बुझाइले पनि जोखिम मोल्न निर्माताहरू हत्तपत्त तयार हुँदैनन् ।


Advertisment
Nabil box
Kumari

यस्तोमा बिहीवारदेखि सस्पेन्स–थ्रिलर जनरामा बनेको फिल्म ‘परस्त्री’ प्रदर्शनमा आएको छ ।

Vianet communication

त्यसो त यस प्रकारका बलिउड फिल्म हामीले धेरै हेरिसकेका हुन सक्छौं, यद्यपि नेपाली फिल्मको सन्दर्भमा दर्शकले अलग र नयाँ स्वादको फिल्म हेरेको आभाष ‘परस्त्री’बाट गर्न सक्छन् । 

रेडियो कार्यक्रमबाट स्रोतामाझ परिचित आभ्या (शिल्पा मास्के)ले परिवारले खोजिदिएको केटा विश्वास (कोशिश क्षेत्री)सँग विवाह गरेको हुन्छिन् । तर, विश्वाससँग उनको दाम्पत्य जीवन सुखसँग बितिरहेको हुँदैन ।

कारण, शारीरिक सम्बन्ध राख्नमा विश्वासको आफ्नै खालको सोख छ । उनको ‘साइको’ खालको चरित्रचित्रण फिल्ममा गरिएको छ । 

विश्वासका कारण आभ्याले यातना महसूस गरिरहेकी हुन्छिन् । सोही कारण विश्वाससँग डिभोर्सको मनस्थितिमा पुग्छिन्, आभ्या ।

यही बेला जिमखानामा भेटिन्छन्, आर्यन । प्रेमिका (उषा)सँग विवाहको तयारीमा रहेका आर्यन आभ्यासँग पनि नजिकिन्छन् । 

विश्वाससँग सम्बन्धविच्छेद गरिनसकेकी आभ्याको दुवैतिर (विश्वास र आर्यानसँग) को सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने पेरिफेरिमै यो फिल्म बनेको छ । अनेक ‘सस्पेन्स’ जगाउँदै फिल्मले २ घण्टाको समय बिट मार्छ । 

‘परस्त्री’ले दर्शकलाई कौतुहलतासँगै डर पनि पैदा गर्न सफल छ । यो फिल्ममा बदलाको कथा समेत छ । खासमा यो फिल्मलाई परपुरुष वा परस्त्रीमाथि आँखा लगाउँदा त्यसले निम्त्याउन सक्ने परिणामको कथा भन्न सकिन्छ ।

null

यसमा ‘चुम्बन’ र ‘बेड सिन’का केही दृश्यहरू छन्, जुन नेपाली फिल्ममा बिरलै पाइन्छ । यस्ता दृश्यमा निर्माण टीम अलि बढी नै उदार देखिएको छ । 

निर्देशकको रूपमा अलग पहिचान बनाएका दीपेन्द्र के. खनाल यस फिल्मका लेखक हुन् । फिल्मलाई निर्देशन भने सुरज पाण्डेले गरेका छन् ।

सुरजको डेब्यु निर्देशन भएपनि उनको काममा खोट लगाउने ठाउँ धेरै देखिँदैन । दीपेन्द्रको लेखनलाई सुरजले न्याय दिएका छन् । 

कलाकारहरू शिल्पा, कोशिश र गौरव आफ्नो भूमिकामा फिट देखिएका छन् । निरज कंडेलले छायांकनमा दोष लगाउने ठाउँ छाडेका छैनन् । फिल्ममा केही कमीकमजोरी भने अवश्य महसूस हुन्छ ।

ब्याकग्राउन्ड स्कोर कतिपयलाई अलि लाउड पनि लाग्न सक्छ । यद्यपि, थ्रिलर फिल्ममा दर्शकमा डर पैदा गर्नका लागि पनि ब्याकग्रान्ड स्कोर अलि ‘लाउड’ नै प्रयोग गर्ने गरिएको छ । 

null

आभ्या र आर्यनको जिमखानाबाट भएको निकटता अस्वभाविक लाग्छ । उनीहरू नजिक हुन्छन्, तर दर्शकले उनीहरूको निकटता महसूस गर्न सक्दैनन् । होटलमा अर्की एक युवतीको हत्यापछि शव व्यवस्थापनका क्रममा देखाइएको दृश्य वीभत्स छ । यसप्रकारको दृश्य हेर्न दर्शकलाई गाह्रो महसूस हुन सक्छ । सेन्सर बोर्डले उक्त दृश्य किन हटाएन भन्ने प्रश्न समेत उठ्छ । 

एउटै–एउटै दृश्यहरू अलि लामो समयसम्म देखाएको पनि भान हुन्छ । फिल्म केही सुस्त समेत लाग्छ । फिल्ममा समावेश गीतहरू पनि दर्शकको मनमा बस्ने खालका छैनन् । फिल्मको अन्त्य अपूरो लाग्छ, यद्यपि यसको दोस्रो भाग (सिक्वेल) ल्याउने निर्माण टीमको योजना हुन सक्छ ।

दीपेन्द्रले सस्पेन्स, थ्रिलर जनरामा ‘चपली हाइट’ र ‘चपली हाइट २’ बनाए । यी फिल्मले दर्शकलाई अलग स्वाद मात्र दिएनन्, नाफा समेत कमाए । केही वर्षपछि यसपटक भने दीपेन्द्रले आफ्नो कथालाई नव–निर्देशकमार्फत वाचन गराए, जुन कथामा नवनिर्देशक सुरजले सकेको मेहनत गरेको देखिन्छ । केही कमीकमजोरीलाई छाड्ने हो भने ‘परस्त्री’बाट दर्शकले नयाँ स्वाद पाउनेछन् ।

एकै खालका फिल्म हेरिरहेका दर्शकलाई यस फिल्मले बोर गराउने छैन । थ्रिलर जनरा मन पराउनेलाई फिल्म ठिकै लाग्न सक्छ ।

यद्यपि यो चलचित्र १६ वर्ष उमेर नपुगेकाले भने अभिभावकको साथविना हेर्न पाउँदैनन्, किनकि यसले ‘पीजी सर्टिफिकेट’ (एडल्टले मात्र हेर्न मिल्ने) पाएको छ ।

फिल्म : परस्त्री

लेखक : दीपेन्द्र के. खनाल

निर्देशक : सुरज पाण्डे

समय : २ घण्टा 

कलाकारहरू : शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x