२४ असार २०८३, बुधबार

फिल्म छायांकनका क्रममा शाहरुख खान घाइते, अनुहारमा चोट

असार १९, २०८०
काठमाडौं
फिल्म छायांकनका क्रममा शाहरुख खान घाइते, अनुहारमा चोट

भारतीय अभिनेता शाहरुख खान फिल्म छायांकनका क्रममा घाइते भएका छन् । अमेरिकाको लस एन्जल्समा एउटा सिनेमा शुटिङका क्रममा उनी घाइते भएका हुन् । 

उनको नाक र अनुहारमा चोट लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ब्लिडिङ रोक्न उनको माइनर सर्जरी गरिएको समाचारमा उल्लेख छ । 

स्वास्थ्यमा सुधार भएपछि उनलाई भारतको मुम्बई ल्याइएको छ । 

शाहरुखलाई यसअघि सन् २०१७ मा पनि रइस शुटिङका क्रममा चोट लागेको थियो । त्यस्तै सन् २०१३ मा चेन्नई एक्सप्रेसको शुटिङमा पनि घाइते भएका थिए । उनलाई सन् २००९ मा पनि शुटिङका क्रममा चोट लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्