
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बगान’को निर्माण टीमले ६ जना विशिष्ट एकल महिलालाई सम्मान गरेको छ ।
बुधवार फिल्मको ट्रेलर रिलिज कार्यक्रमका अवसरमा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालासहित ६ जना महिलालाई सम्मान गरिएको हो ।
अनुराधासहित उपसभामुख इन्दिरा रानामगर, कोशी प्रदेशकी सांसद मीना श्रेष्ठ, सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई फिल्मको टिमले सम्मान गरेको हो । वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवी, भुवन चन्द, बसुन्धरा भुसाल र अभिनेत्री करिश्मा मानन्धरले उनीहरूलाई सम्मान गरेका हुन् ।

सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ एकल महिलाको कथामा निर्माण भएको हो ।
फिल्ममा करिश्मा, सरोजसहित प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मालगायतको अभिनय छ ।
यही असार २९ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।
तस्वीर : विश्वास खनाल/लोकान्तर डटकम