
यही असारको २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बगान’ एकल महिलाले निःशुल्क हेर्न पाउने भएका छन् । बुधवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता एवं निर्देशक सरोज खनालले उक्त घोषणा गरेका हुन् ।
फिल्मको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानका लागि उक्त निर्णय गरिएको खनालले बताए ।
उनले नेपाल भरका हलमा यो फिल्म हेर्न चाहने एकल महिलाले निःशुल्क हेर्न पाउने बताए ।
ट्रेलर रिलिज कार्यक्रममा फिल्मको निर्माण टीमले विशिष्ट ६ जना महिलालाई सम्मान समेत गरेको थियो ।
यो फिल्ममा अभिनेत्री करिश्मा मानन्धर र डेब्यु अभिनेत्री प्रमिला कार्की शीर्ष भूमिकामा छन् ।
साथमा, सरोज खनालसहित आकाश श्रेष्ठ, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको समेत अभिनय छ ।
तस्वीर – विश्वास खनाल/लोकान्तर डटकम