
कलाकार दीपकराज गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिपछि उत्पन्न राजनीतिक घटनाक्रमप्रति व्यङ्ग्य गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दिनभरि प्रधानमन्त्रीको विरोध गरेर साँझ घर फर्केपछि ‘हमारा चान्स कब आएगा भनेर उतै नसोध्नु’ भन्दै व्यङ्ग्य गरेका हुन् ।
‘‘दिल्लीले प्रधानमन्त्री बनाउँछ भन्नु एकदमै गलत छ, जसले विरोध गरेका छन् ठीक हो ! तर फेरि घरमा आएर ‘हमारा चान्स कब आएगा ?’ भनेर उतै नसोध्नु नि’’ उनले लेखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारतको नयाँ दिल्ली गएको सन्दर्भ उल्लेख गरेका थिए ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरूले विरोध गरिरहेका छन् ।