०८ साउन २०८३, शुक्रबार

कुलेन्द्र विश्वकर्माले ल्याए ‘आँखैमा बसेकी मायालु’

असार २८, २०८०
काठमाडौं
कुलेन्द्र विश्वकर्माले ल्याए ‘आँखैमा बसेकी मायालु’

थुप्रै मोहनी गीतका गायक कुलेन्द्र विश्वकर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । बिहीवार बिहान उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘आँखैमा बसेकी मायालु’बोलको गीत स्रोता दर्शकमाझ ल्याएका हुन् । 

यो मायाप्रेममा आधारित प्रेमगीत हो । कुलेन्द्र र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतका शब्द प्रल्हाद सुवेदीले कोरेका हुन् । 

बसन्त थापाको संगीत रहेको गीतलाई एरेन्ज आशिष अविरलले गरेका हुन् । 

भिडियोमा पनि कुलेन्द्र स्वयंमले नृत्य एवं अभिनय गरेका छन् । उनको जोडीका रुपमा मोडल अञ्जली अधिकारी छिन् । 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्