१५ असार २०८३, सोमबार

मौद्रिक नीतिलाई शेयर बजारको स्वागत, ६३ अंकले बढ्यो नेप्से

साउन ७, २०८०
काठमाडौं
मौद्रिक नीतिलाई शेयर बजारको स्वागत, ६३ अंकले बढ्यो नेप्से

मौद्रिक नीतिले शेयर बजारमा उत्साह देखिएको छ ।

आइतवार दिउँसो १ बजेसम्म सामान्य अंकले बढेको नेप्से मौद्रिक नीति सार्वजनिक भएपछि ६३.२५ अंकले बढेर २२२७.१६ बिन्दुमा कायम भएको छ ।

कारोबार रकम पनि ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ पुगेको छ ।

दिउँसो करीब १ बजे राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

शेयर बजारसम्बन्धी अधिकांश व्यवस्था यथावत रहे पनि शेयर कर्जाको जोखिम भार घटाउने घोषणा राष्ट्र बैंकले गरेको छ ।

उक्त घोषणाका कारण शेयर धितो राखेर कर्जा लिन केही सहज हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्