०७ असार २०८३, आइतबार

‘नाङ्गो गाउँ’को टिजर : इमानदार शिक्षकको भूमिकामा दयाहाङ

साउन ९, २०८०
काठमाडौं
‘नाङ्गो गाउँ’को टिजर : इमानदार शिक्षकको भूमिकामा दयाहाङ

भदौको २९ गतेका लागि प्रदर्शन मिति तोकेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा गाउँको राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमानदार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ । 

अभिनेता दयाहाङ राई यो फिल्ममा इमानदार शिक्षकको भूमिकामा छन् । फिल्ममा मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, रवीन्द्र झा, वुद्दि तामाङ, शिशिर वाङ्देल, कमलमणी नेपाल, विशाल पहारी, अंकित खड्का लगायतको अभिनय छ । 

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 

सार्वजनिक टिजरमा कमेडी, पारिवारिक कथा तथा राजनीतिक विषयवस्तु समेटिएको छ । 

यसअघि फिल्म ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘२ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’लाई यस वर्षको प्रतीक्षितमध्येको फिल्म मानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्