![तीज गीतमा देखिँदै राजेश हमाल, यसरी गरियो छायांकन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rajesh_hamal_bCxZM0q2IR.jpg)
फिल्मको पर्दाबाट टाढा देखिएका अभिनेता राजेश हमाल बेलाबेलामा म्युजिक भिडियोमा देखिँदै आएका छन् ।
एक समय त उनलाई म्युजिक भिडियोमा बाक्लै देख्न पाइन्थ्यो । गत वर्षसम्म पनि उनी एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेको भेटिन्थे । पछिल्लो समय म्युजिक भिडियोमा पनि कमै देखिएका उनै अभिनेता राजेशलाई यसपटक तीज गीतको भिडियोमा देख्न पाइने भएको छ ।
डेभिड शंकर र भावना आचार्यको स्वर रहेको ‘आफ्नो घर आँगनमा नाच फरर’बोलको गीतको छायांकन बुधवार मात्रै भएको छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी एवं निर्देशनमा धर्मस्थलीमा भिडियोको छायांकन गरिएको हो ।
भिडियोमा राजेश मोडल मञ्जु थापाका साथ देखिनेछन् । केही दिनमै यो गीत युट्युबमा सार्वजनिक हुनेछ ।
निर्देशन देवेन्द्रले भने, ‘सुहाउँदो गीत भएकाले राजेश दाई अभिनयका लागि तयार हुनुभएको हो । डान्सिङ विटको गीतमा दर्शकले दाइलाई विगतमा भन्दा फरक रुपमा हेर्न पाउनुहुनेछ ।’
राजेशले विगतमा सुनिता दुलालको ‘हजुरैको मन’, विष्णु माझीको ‘मेरो भेना हङकङको लाहुरे’ इत्यादि तीज गीतमा अभिनय गरेका थिए ।
तस्वीरहरू : देवेन्द्र पाण्डेको फेसबुकबाट





