
सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी फिल्म ‘रावायण’को शीर्ष भूमिकामा अभिनेता अनमोल केसी र मोडल नीति शाहको अभिनय रहने भएको छ । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले शीर्ष भूमिकामा लागि उनीहरूलाई अनुबन्ध गरेको हो ।
निर्माता सुप्रिया कटुवालले अनमोल केसी र नीति शाहलाई फिल्ममा अनुबन्ध गरिएको औपचारिक जानकारी दिएकी हुन् ।
नीति बाहेक अन्य अभिनेत्रीसँग फिल्मको लागि कुरा नभएको समेत सुप्रियाले बताएकी छन् ।
यो फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी छ ।