×

NIC ASIA

‘हल्का रमाइलो’मा अब ‘राजु मास्टर’ नदेखिने, ‘जुठे’मा सहकार्य कायमै रहने

काठमाडाैं | साउन २१, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

चर्चित हास्य कलाकारद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’बीचको सम्बन्धमा चिसोपन आएको विषय केही दिनयता चर्चामा छ । 

‘मेरी बास्सै’देखि व्यावसायिक सहकार्य गर्दै आएका हितैषीहरू ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’को जोडी फुट्न लागेको कुरालाई दर्शकले मात्र नभइ कलाकारहरूले समेत चासोका साथ हेरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय ‘हल्का रमाइलो’ सिरियलमा ‘बल्छी धुर्वे’ एक्लै देखिएका छन् । त्यस्तै ‘राजु मास्टर’ले ‘बल्छी धुर्वे’ बिना नै नयाँ सिरियल ‘लफडा’ ल्याउने तयारी गर्दै प्रोमो सार्वजनिक गरिसकेका छन् । यता, दुईको संयुक्त लेखन, निर्देशन एवं अभिनय रहँदै आएको सिरियल ‘जुठे’पछिल्लो समय प्रसारणमा आउन सकेको छैन । यी कुराहरुले पनि उनीहरूको सम्बन्धमा खटपट आएको अनुमान भइरहेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

यस्तो माहोलमा उनीहरूको व्यावसायिक सहकार्यलाई लिएर नयाँ खबर प्राप्त भएको छ । आउँदा दिनमा ‘हल्का रमाइलो’मा राजु मास्टरको अभिनय नहुने भएको छ । ‘बल्छी धुर्वे’ले उक्त सिरियल ल्याउनेछन् । राजु मास्टरको नयाँ सिरियलमा पनि ‘बल्छी धुर्वे’को अभिनय हुनेछैन । यता, ‘जुठे’ सिरियलमा भने दर्शकले उनीहरू दुवै जनालाई हेर्न पाउने भएका छन् । यसअघि दुवै सिरियलमा दुई जनाको संयुक्त लेखन, निर्देशन एवं अभिनय समेत रहँदै आएको थियो । 

Vianet communication

‘जुठे’ यसअघि राजु पौडेलको युट्युबबाट आउने गरेको थियो । उक्त सिरियल आउँदा दिनमा नयाँ युट्युब च्यानलमा सार्वजनिक गर्ने, त्यसको खर्च र आम्दानीको हिस्सा आधा आधा हुने उनीहरूबीच आन्तरिक सहमति भएको छ । 

बुझिएअनुसार उनीहरूका शुभचिन्तकको आग्रहमा र चाहनामा यी दुई भेटेर छलफल गरेपछि उक्त सहमति गरेका हुन् । 

‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ शनिवार दिनभर बसेर आगामी सहकार्यबारे निचोडमा पुगेको उनीहरू निकटस्थहरुले जानकारी दिएका छन् । 

भेटघाटको तस्वीर ‘बल्छी धुर्वे’ले सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् ।

भ्याली बाहिर छायांकनमा जानुपर्ने भएकाले ‘जुठे’ प्रसारणमा ल्याउन अझै केही समय लाग्ने बुझिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x