१६ असार २०८३, मंगलबार

केएमसीमा जटिल मानिने हेमोफिलियाको सफल  शल्यक्रिया

साउन २२, २०८०
काठमाडौं
केएमसीमा जटिल मानिने हेमोफिलियाको सफल  शल्यक्रिया

 काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको हेमोफिलियाको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

    हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत बग्ने गर्छ । जसका कारण अप्रेसन गर्न जोखिम हुने भएकाले अन्य अस्पतालले उनको शल्यक्रिया गर्न मानेका थिएनन् । तर, केएमसीका बाल सर्जन डा.आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट उनको सफलतापूर्वक शल्यक्रिया गरेको हो । ‘फेमोफिलियाका कारण अप्रेसन गर्दा रगत नरोकिने भएकाले यो केस निकै च्यालेन्जिङ थियो,’ डा.श्रेष्ठले भने, ‘तर, हामीले जोखिम मोलेर भएपनि सफलतापूर्वक अप्रेसन गरेका छौं, अहिले उनको अवस्था सामान्य भइसकेको छ ।’

जोखिमपूर्ण अप्रेसन सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । अन्य अस्पतालले अप्रेसन गर्न नमानिरहेका बेला केएमसीले सफलतापूर्वक अप्रेसन गरेर छोरीको ज्यान बचाएको भन्दै बिरामी बालिकाकी आमा मच्चिता अर्याल भट्टराईले खुशी व्यक्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्