१४ असार २०८३, आइतबार

आँखा पाक्ने रोगको संक्रमण घट्दै

साउन ३०, २०८०
चितवन
आँखा पाक्ने रोगको संक्रमण घट्दै
प्रतिकात्मक तस्वीर

आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् ।

रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो ।

आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ । अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । 

भरतपुर आँखा अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा सोमवार १ हजार ४२१ बिरामी उपचारका लागि आएका थिए । तीमध्ये ८३१ जना (५८ दशमलव ४८ प्रतिशत) आँखा पाक्ने रोगका बिरामी छन् ।
 
भरतपुरमा रहेको मुख्य अस्पतालमा ५४६ बहिरङ्ग (ओपीडी) का बिरामी आएकोमा १६६ आँखा पाक्ने रोगका रहेका थिए । यस हिसाबले ३० दशमलव ४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन् ।

सेकेण्डरी आँखा अस्पताल ठोरीमा २२० बिरामीमध्ये १४४ जना (६५ दशमलव ४५ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।
 
भरतपुर ओरालोमा रहेको सिटी क्लिनिकमा १०४ जना बिरामीमध्ये ८२ जना (७८ दशमलव ८५ प्रतिशत) आँखा पाक्ने रोगका आएका छन् । अस्पतालका चितवन, धादिङ, तनहुँ, नवलपरासी, सर्लाहीमा रहेका १४ वटा आँखा उपचार केन्द्रमा ५५१ बिरामी बहिरङ्गमा आएकामध्ये ४३९ जना (७९ दशमलव ६७ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।
 
आइतवार १ हजार १९८ बिरामी बहिरङ्ग सेवामा थिए । तीमध्ये ७१८ जना (५९ दशमलव ९३ प्रतिशत) आँखा पाक्ने रोगका रहेका चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्