
फ्राइडे रिलिज अन्तर्गत दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘जय हो’ र ‘महानगर’ शुक्रवारबाट हलमा लागेका हुन् ।
‘जय हो’मा केकी अधिकारी र सलोन बस्नेत मुख्य भूमिकामा छन् । उनीहरूसँगै अर्पण थापा, नीशा अधिकारी, माओत्से गुरुङ लगायतको समेत फिल्ममा अभिनय छ । शोभित बस्नेतको प्रस्तुति रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।
त्यस्तै, ‘महानगर’मा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन् । मोहन राईको कथा एवं निर्देशन रहेको फिल्ममा जीवन बराल, परीक्षित विक्रम राणा, रमेशकुमार धमला, चन्द्रा पाण्डे लगायतले समेत अभिनय गरेका छन् ।