२५ असार २०८३, बिहीबार

पौने तीनसम्म पनि शुरू भएन रास्वपाको महाधिवेशन

असार ७, २०८३
काठमाडौं
पौने तीनसम्म पनि शुरू भएन रास्वपाको महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट शुरू हुँदैछ ।

महाधिवेशनको उद्‌घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुगे पनि अहिलेसम्म उद्‌घाटन कार्यक्रम शुरू हुन सकेको छैन । दिउँसो १ बजे उद्‌घाटन गर्ने भनिए पनि दिउँसो ३:४५ सम्म पनि कार्यक्रम शुरू भएको छैन ।

नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका जनाइएको छ ।

महाधिवेशन स्थलमा रास्वपा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

अन्य नेता कार्यकर्ता महाधिवेशन स्थलमा पुगे पनि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कार्यक्रम स्थलमा पुगेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्