०३ असार २०८३, बुधबार

कपिलवस्तुमा सिँचाइका लागि बनाइएको कुलोले बगाउँदा महिलाको मृत्यु

भदौ ८, २०८०
कपिलवस्तु
कपिलवस्तुमा सिँचाइका लागि बनाइएको कुलोले बगाउँदा महिलाको मृत्यु
फाइल फोटो

कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीवार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीवार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । 

उनको शव झन्डै एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्