०६ साउन २०८३, बुधबार

गायिका त्रिशला गुरुङले एसिया कपको उद्‌घाटनमा प्रस्तुति दिने

भदौ १३, २०८०
काठमाडौं
गायिका त्रिशला गुरुङले एसिया कपको उद्‌घाटनमा प्रस्तुति दिने

नेपाली गायिका त्रिशला गुरुङले पाकिस्तानमा हुने एसिया कप क्रिकेटको उद्‌घाटन समारोहमा आफ्नो प्रस्तुति दिने भएकी छन् ।

खेल शुरु हुनुअघिको उद्‌घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजेबाट उद्‌घाटन खेल हुनेछ ।

पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू गर्दैछ ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले जितको शुभकामना दिएका छन् ।

कमेन्ट गर्नुहोस्