०५ असार २०८३, शुक्रबार

निरुता सिंहले गरिन् विवाह

भदौ १६, २०८०
काठमाडौं
निरुता सिंहले गरिन् विवाह

एक समयकी निकै चर्चित अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । 

उनले गत बिहीवार मुम्बई निवासी सञ्जिभ गुलाटीसँग लगनगाठोँ कसेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा शनिवार श्रीमानसँगको तस्वीर राख्दै आफूले विवाह गरेको जानकारी दिएकी छन् । उनले चाँडै सबैलाई भेट्न अनि आशीर्वाद लिन नेपाल आउने बताएकी छन् । 

निरुताले वर्षौदेखि मिडिया एवं शुभचिन्तकले आफूलाई बारम्बार सोध्दै आएको प्रश्नको जवाफ दिएको उल्लेख गरेकी छन् । 

‘यतिका वर्षदेखीको एक प्रश्न, जसबीना  मेरो कुनै पनि अन्तवार्ता पूर्ण हुँदैन थियो । त्यो हो, निरुताजी बिहे कहिले गर्ने ? । आज त्यही प्रश्नको जवाफ दिन गइरहेको छु’ निरुताले लेखेकी छन् ‘सबैको माया र आशीर्वादको अपेक्षा गरेकी छु ।’ 

निरुतालाई थुप्रै कलाकारहरूले बधाई एवं शुभकामना दिइरहेका छन् । 

पछिल्लो समय नेपाली फिल्मबाट टाढा रहेकी निरुता मुम्बईमा बस्दै आएकी छन् । 

उनले ५१ वर्षको उमेरमा विवाह गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्