![‘नाङ्गो गाउँ’को काठमाडौंमा प्रिमियर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/nango-gaun_team_i2TLRQyXB6.jpg)
दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ ।
बुधवार बेलुका सीतापाइलास्थित सीके सिनेमाजमा आयोजित प्रिमियरमा अतिथि सेलिब्रिटी एवं सञ्चारकर्मीले सामाजिक–राजनीतिक कथामा निर्मित फिल्म हेरेका छन् । प्रिमियरमा फिल्मका शीर्ष कलाकार अभिनेता दयाहाङ राईसँगै अभिनेत्रीद्वय मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह आकर्षणको केन्द्रमा रहेका थिए ।
गायक राजेशपायल राई, निर्देशक दीपाश्री निरौला लगायतका अन्य कलाकारहरू पनि प्रिमियरमा सहभागी थिए । २ घण्टा २८ मिनेट लामो ‘नाङ्गो गाउँ’ हेरेपछि अधिकांशले फिल्मको प्रशंसा गरे ।
शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्ममा दयाहाङ, मिरुना र साम्राज्ञीका साथ कार्म, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, अंकित खड्का लगायतको समेत अभिनय छ ।


