२५ असार २०८३, बिहीबार
आन्दोलनको शैली

आन्दोलनरत शिक्षकले गरे सडकमै हाजिर !

असोज ५, २०८०
काठमाडौं
आन्दोलनरत शिक्षकले गरे सडकमै हाजिर !

सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूले सडकमै हाजिर गरेका छन् ।

उनीहरूले शुक्रवार माइतीघर मण्डलामै सांकेतिक विरोधस्वरुप हाजिर गरेका हुन् ।

null

यतिबेला नेपाल शिक्षक महासंघले सरकारसँग वार्ताको तयारी गरेपछि आन्दोलनको स्वरुप फेरिएको हो ।

बुधवार र बिहीवार आन्दोलन गर्दै नयाँ बानेश्वरसम्म पुग्ने गरेका उनीहरू शुक्रवार भने माइतीघरमै बसेका छन् । 

यसैबीच, विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्ने लगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग वार्ताका लागि वार्ता टोली बनाउने भएको छ । गृह मन्त्रालयमा शुक्रवार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरूसँगको छलफलपछि महासंघले वार्ता टोली बनाउन लागेको हो ।

महासंघको आन्दोलन परिचालन समितिको बैठक बसेर वार्ता समिति बनाउन लागेको महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

वार्ता शुरू हुनुअघि शिक्षकहरूले विरोध प्रदर्शनलाई शुक्रवार पनि जारी राखेका हुन् । १७ बुँदे मागसहित शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् ।

शिक्षकको आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा शुक्रवार पनि सवारी आवागमन ठप्प भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्