२० असार २०८३, शनिबार

मेलम्चीको पानी वितरण अझै अनिश्चित, क्षतिकै विवरण यकिन हुन सकेन

असोज ७, २०८०
काठमाडौं
मेलम्चीको पानी वितरण अझै अनिश्चित, क्षतिकै विवरण यकिन हुन सकेन

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ। मेलम्चीखाने पानी आयोजनाको हेडवर्क्स र मुख्य  बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो । 

बाढीपहिरोले आयो जनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवर्क्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैन  । ड्रोन’को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठूलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको आयोजनाले जनाएको छ।

बाढीपहिरोले मुहान र सुरुङमा क्षति पुर्‍याउन सक्ने भन्दै गत असार ७ गते देखि  पानी पथान्तरण  रोकिएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

salt training

कमेन्ट गर्नुहोस्