२० असार २०८३, शनिबार

विश्वकप : पहिलो हाफमा इजिप्टको अग्रता, अस्ट्रेलिया दबाबमा

असार २०, २०८३
काठमाडौं
विश्वकप : पहिलो हाफमा इजिप्टको अग्रता, अस्ट्रेलिया दबाबमा

फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा इजिप्टले पहिलो हाफमा अस्ट्रेलियाविरुद्ध १–० को अग्रता बनाएको छ।

डलास स्टेडियममा जारी खेलको १३औँ मिनेटमा इमाम आशोरले करिम हाफेजको पासमा हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका हुन्।

गोल खाएपछि अस्ट्रेलियाले खेलमा फर्किने प्रयास गरे पनि पहिलो हाफभर प्रभावकारी अवसरलाई गोलमा परिणत गर्न सकेन। जोर्डन बोस, अजिज बेहिच र लुकास हेयरिङ्टनले अवसर सिर्जना गरे पनि इजिप्टको रक्षापङ्क्ति र गोलरक्षकले चुनौती पन्छाए।

इजिप्टले बल नियन्त्रणमा पकड कायम राख्दै पहिलो हाफमा करिब ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो। मोहम्मद सलाह अपेक्षाकृत शान्त देखिए पनि इजिप्टले समग्र टोलीगत प्रदर्शनमार्फत खेल नियन्त्रणमा राख्यो।

पहिलो हाफको अन्त्यसम्म इजिप्ट १–० ले अघि रहेको छ। यस खेलको विजेताले अन्तिम १६ मा अर्जेन्टिना र केप भेर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्