×

देश दौडाहामा प्रकाश र केकी

काठमाडाैं | असोज ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको चलचित्रका कलाकार तथा निर्देशक दुई दिनदेखि नेपालगञ्जमा छन् । 


Advertisment
RMC TANSEN
shivam ISLAND

निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम ​शनिवार नेपालगञ्ज पुगेर त्यहाँका चलचित्र हलहरु भिजिट गरेको थियो । टिमले आइतवार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो । त्यसक्रममा बोल्दै अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएका कारण एकदमै उत्साहित रहेको बताए । 


Advertisment
MAW JCB

चलचित्रमा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो, अहिले पनि त्यही उत्साह रहेको उनले बताए । ‘जब मैले यो चलचित्र गर्ने निर्णय गरेको थिएँ, त्यति बेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन’ साक्षात्कारमा प्रकाशले भने, ‘त्यो सुरुवातमा चलचित्र गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’ पहिलो चलचित्र भएकोले उत्साहसँगै थोरै डर पनि भएको प्रकाशले सुनाए । 

Vianet communication
Laxmi Bank

अभिनेत्री केकीले ‘परदेशी- २’को कथा सबै नेपालीको कथा भएको बताइन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको भनाइ थियो । ‘यो चलचित्रले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । परदेशी २ हामी सबैको कथा समेटिएको चलचित्र हो । त्यसैले पनि यो चलचित्रबाट निकै उत्साहित छु’ केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो चलचित्र हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य चलचित्रहरू दर्शक बनेर हेर्ने गर्थेँ तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’ 

चलचित्रले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । ‘नेपालगन्जमा मेरा अघिल्ला चलचित्रहरू राम्रो चलेका थिए’, उनले भने, ‘अहिलेको चलचित्रलाई पनि नेपालगन्जसँगै देशभर दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’ 

‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको उनले बताए । उनले भने, ‘मेरा कथाहरूमा समाजको यथार्थता उतार्ने कोसिस गरेको हुन्छु । यो चलचित्रमा पनि हाम्रै कथा उठान गरिएको छ ।’ 

चलचित्रको टिमले आइतबार नै नेपालगन्जका जिभिएन र युनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरूसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरू निकै खुशी भएका थिए । निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि चलचित्रको टिम बुटवल फर्किने योजना छ । ​मंगलवार र बुधवार चलचित्रको टिम बुटवलमा रहनेछ । बुटवलपछि पोखरा पुगेर प्रमोसन गरेपछि चलचित्रको टिम काठमाडौं फर्किनेछ । 

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । 

‘परदेशी’ प्रदर्शनमा आएको ८ वर्षपछि ‘परदेशी २’ दर्शकमाझ आउन लागेको हो । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २६, २०८०

छायांकनमा जानुअगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । आसुसेन फिल्मसको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’...

कात्तिक २०, २०८०

इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २५, २०८०

थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो ।&...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x