
अब दराज एपका प्रयोगकर्ताहरूले अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन् ।
दराज नेपालले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलवार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ ।
दराज एपका प्रयोगकर्ताहरूले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरूले तीन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरूलाई एकै ठाउँमा मिलाउनु पर्छ ।
यसरी मिलाएपछि मिलेका क्यान्डीहरू हराउँछन् र माथिका बाँकी क्यान्डीहरू खाली ठाउँमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् । जुन खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ ।
दराज लोयल्टी कल्बका सदस्यहरूले यो जेम्को प्रयोग गरी दराजका सामानहरूमा विशेष छुट प्राप्त गर्न सक्छन् ।
सन् २०१२ मा स्थापना भएको दराज दक्षिण एसियाकै उत्कृष्ट अनलाइन सपिङ्ग प्लेटफर्म हो ।
हाल दराजका सेवाहरू नेपाल, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंका गरी ५ देशहरूमा उपलब्ध छ ।
३० हजार बिक्रेता र करिब ५० लाख ग्राहकहरूलाई जोड्दै दराजले अहिले २५ लाख उत्पादनहरू बिक्री गर्दै आइरहेको छ ।
फेसन, खेलकुद, सौन्दर्यदेखि घरायसीसम्मका उत्पादनहरू दराजले बिक्री गर्दै आएको छ ।