२४ असार २०८३, बुधबार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, पौने २ अर्बको कारोबार

असोज १५, २०८०
काठमाडौं
नेप्से परिसूचकमा सामान्य अंकको सुधार, पौने २ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अंकले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अंकमा कायम भएको हो ।
      
आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरू सबै समूहका उपसूचक बढेको छन् । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ ।
      
आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको रू २१ करोड ६८ लाख नौ हजार एक सय ४१ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई लाख ८७ हजार ५२ कित्ता शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्