कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले लक्ष्यअनुसार किशोरीहरुले एचपिभी खोप लगाएको बताए । अभियानको सुरुमा विभिन्न अवरोधका कारण खोप लगाउन नपाएपछि समय थप गरी लक्ष्यअनुसार सबै किशोरीले खोप लगाएको उनको भनाइ छ ।
भदौ ३० गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने भनिए पनि लगातार सार्वजनिक बिदा परेपछि असोज १० गतेसम्म अभियान सञ्चालन गरिएको थियो । सरकारले यही भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आगामी माघमा सञ्चालन गरिने शाखा प्रमुख डा गौतमले जानकारी दिए ।
सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । रासस
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
तनहुँमा दैनिक डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलवार मात्रै एक सय ८२ जना नयाँ डेंगु सङ्क्रमित थपिएक...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...