१८ असार २०८३, बिहीबार

दसैँको मुुखमा चामल, दाल, चिउरालगायतको भाउ बढ्यो

असोज १८, २०८०
काठमाडौं
दसैँको मुुखमा चामल, दाल, चिउरालगायतको भाउ बढ्यो

दसैँको  मुुखमा  अत्यावश्यकीय  खाद्यान्न  चामल, दाल, चिउरा, आँटा, गेडागुुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले  झनै  आक्रान्त  बनेका  छन्  ।  पछिल्लो  एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ ।

यसबिचमा महँगो नभएको कुनै वस्तुु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ । नेपाल  खुुद्रा  व्यापार  सङ्घका  अनुसार  अघिल्लो वर्ष ८० रुपियाँमा पाइने जिरा मसिनो चामल अहिले बढेर प्रतिकेजीको ९५ देखि एक सय रुपियाँ पुुगेको छ । रहर दाल प्रतिकेजी १८० रुपियाँबाट  बढेर  २७०  रुपियाँ  पुुगेको  छ  ।

 सो  अवधिमा सेतो केराउ प्रतिकेजी १३० रुपियाँबाट बढेर १६० रुपियाँ, सानो केराउ प्रतिकेजी १७० रुपियाँबाट बढेर २२५ रुपियाँ पुुगेको छ । हरियो केराउ बजारमा अहिले पाइनै छोडेको छ । दैनिक  भान्छामा  प्रयोग  हुुने  जिरा  गेडा  प्रतिकेजी पाँच सय रुपियाँ रहेकामा अहिले बढेर प्रतिकेजी एक हजार तीन सय रुपियाँ पुुगेको छ भने मेथी, ज्वानोलगायतमा प्रतिकेजी एक सय रुपियाँसम्म बढेको खुुद्रा व्यापार सङ्घले जनाएको छ ।

त्यस्तै चिनी प्रतिकेजी ९० रुपियाँबाट बढेर १५० रुपियाँ पुगेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्