१९ असार २०८३, शुक्रबार

राति कान्ति लोकपथमा सवारी सञ्चालन बन्द

असार १८, २०८३
काठमाडौं
राति कान्ति लोकपथमा सवारी सञ्चालन बन्द

वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाएको जनाएको छ।

प्रशासनका अनुसार कान्ति लोकपथका अधिकांश सडक खण्ड भौगोलिक तथा भूगर्भीय रूपमा जोखिमयुक्त रहेकाले वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च छ। यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्