१९ असार २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको खपत बढ्यो

कात्तिक १४, २०८०
काठमाडौं
पेट्रोलियम पदार्थको खपत बढ्यो

नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो ।

चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो । अन्य  समयको  तुुलनामा  चाडपर्वका  बेला  सवारीसाधन  बढी  गुड्ने  भएकाले  पनि  इन्धनको  खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ । नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको  तुलनामा  यस  वर्षको  दसैँमा  डिजेल,  पेट्रोलको खपतमा वृद्धि भएको छ । निगमका प्रवक्ता मनोजकुुमार ठाकुुरले दसैँमा इन्धनको खपतमा वृद्धि भएको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्