×

NMB BANK
NIC ASIA

वर्षाले ७ वर्षपछि फिल्मबाट पाएको खुशी

काठमाडाैं | कात्तिक १५, २०८०

NTC
Premier Steels

‘नाई नभन्नु ल २’बाट अभिनेत्रीका रुपमा भित्रिएकी वर्षा शिवाकोटीको डेब्यु फिल्म नै हिट भएको थियो । त्यसपछि उनले अभिनय गरेको अर्को फिल्म ‘पशुपति प्रसाद’ले सकारात्मक समीक्षा पाउनुका साथै राम्रो व्यापार गर्यो । 

Muktinath Bank

यी दुई फिल्म बाहेक उनले अभिनय गरेका अधिकांश फिल्म लगातार असफल भइरहेका थिए । सोही कारण उनलाई ‘अनलक्की अभिनेत्री’का रुपमा समेत हेर्ने गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षाले अभिनय गरेका फिल्म असफल भएपनि उनलाई फिल्मको अभाव भने भएन । उनले हरेक वर्ष १–२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ प्रायः फिल्ममा हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

यद्यपि, ‘पशुपति प्रसाद’ रिलिज भएको ७ वर्षपछि वर्षाले अर्को हिट फिल्मकी अभिनेत्रीका रुपमा चिनिने अवसर पाएकी छिन् ।

Vianet communication

वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो वर्ष सुपरहिट भएको छ । नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि  तारिफ भइरहेको छ । उनले फिल्ममा निर्वाह गरेको लुजा पात्रको भूमिकालाई दर्शकले रुचाएका छन् । 

दशैँको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ । आउँदो वर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो फिल्ममा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ । कलाकारको हरेक वर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ । 

नारायण रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्म यतिबेला तेस्रो सातामा प्रदर्शनरत छ ।

फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतका कलाकार मुख्य भूमिकामा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x