कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।
तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रमार्फत बस्नेतले झन्डै ७ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका छन् ।
यो चलचित्रलाई निकै प्रतीक्षित रुपमा हेरिएको छ ।
प्रचार सामग्रीलाई लिएर धेरैले यसलाई राजनीतिक चलचित्र भएको अनुमान गरेका छन् । निर्देशक बस्नेत भने यो राजनीतिक विषयवस्तुमा आधारित चलचित्र नभएको बताउँछन् ।
‘यो राजनीतिक चलचित्र होइन । एउटा साधारण मान्छेको कथा हो । साधारण मान्छेले आफ्नो जीवनमा के कस्ता कुराहरू भोग्दै जान्छ भन्ने कथा हो’ चलचित्रबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा उनले भने – ‘एउटा व्यक्तिको भोगाइको वरिपरि परिवार छ । त्यो भन्दा बाहिरको लेयरमा समाज छ । समाजभन्दा माथि हाम्रो सिस्टम छ । एउटा मान्छे यी सबै कुराहरूसँग जोडिन्छ ।’
उनी हरेक मान्छेसँग राजनीति कुनै न कुनै रुपमा जोडिने बताउँछन् । हामीले सिधा रुपमा राजनीति नगरे पनि राजनीतिसँग चाहेर वा नचाहेरै पनि ठोक्किने गरेको उनको धारणा छ ।
बस्नेतले भने, ‘राजनीतिले कसरी हरेक व्यक्तिको जीवनमा असर पारिरहेको हुन्छ ? राजनीतिज्ञबाट कस्तो खालको समाधानको अपेक्षा गर्छौ ? उहाँहरूको कामलाई हामीले कसरी रियाक्ट गर्छौ ? भन्ने चलचित्रले देखाउँछ ।’
सामान्य मान्छेको संघर्षको कथा चलचित्रले पेस गर्ने उनले बताए । लामो तयारीपछि मेहनतका साथ चलचित्र बनाएको बताउँदै उनले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतको अभिनय छ ।
चलचित्रको निर्माता रौनक विक्रम कंडेल हुन् । आकाश बरालले यसको कथा लेखेका हुन् ।
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...